Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार भूकम्पले क्षति पुर्‍याएका संरचनाको पुनर्निर्माण महाअभियानको थालनी गर्नु भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको पुननिर्माणबाट महाअभियानको सुरुवात गर्नुभयो । वैशाख १२ गते ११ बजेर ५६ मिनेटमा गएको समय मिलाएर राष्ट्रपतिले ११ बजेर ५६ मिनेटमा उद्घाटन गर्नुभयो ।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले माघ २ गते २ बजेर २४ मिनेटमा ललितपुरको बुङमतीमा महाअभियानको सुरुवात गर्नुभयो । विक्रम सम्वत १९९० साल माघ २ गते दिउँसो २ बजेर २४ मिनेट जाँदा महाभूकम्प गएको थियो ।
भूकम्पगएको नौ महिनापछि पुनर्निर्माण सुरु भएको हो । वैशाखको गोर्खा भूकम्पको पराकम्पन भने अझै गइरहेका छन् । पुनर्निर्माण महाअभियानको औपचारिक सुरुवात भए पनि निजी घर र अन्य भवनहरु वैशाखदेखि मात्रै सुरु हुनेछ ।
पुननिर्माणका लागि सम्बन्धित मन्त्रालयहरूले पेस गरेको बजेट स्वीकृतिको चरणमा छ । सोही कारण वास्तविक काम थाल्न समय लागेको हो ।

तपाईको प्रतिक्रिया