Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

म्याग्दी– ग्रामिण क्षेत्रमा स्वास्थ्य पहुँच पुग्न नसकेर जनताले अकालमा ज्यान गुमाउने घटना नेपालमा नौलो होईन । तर म्याग्दी घार गाविसका स्थानीयले भने सामुहिक व्यापार गरेर भएको आम्दानीबाट स्वास्थ्य केन्द्र संचालन गरेर अनुकरणीय काम गरेका छन् ।

म्याग्दीको घार गाविस–१ मा पर्ने पर्यटकीयस्थल घोडेपानीका स्थानीय बासिन्दाले पर्यटकलाई लक्षिण गरि व्यवसाय संचालन गरेर सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन गरेका छन् । घोडेपानी क्षेत्रको भम्रणमा आउने पर्यटक र स्थानीयवासीलाई स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन प्रशोधन गरिएको खानेपानी बिक्री गरेर भएको आम्दानीबाट स्वास्थ्य केन्द्र सञ्चालन गरिएको छ

घोडेपानी स्वास्थ्य तथा समाज सुधार समितिद्वारा सञ्चालित ‘कम्युनिटी सेफ ड्रिङकिङ वाटर’ मार्फत हुने आम्दानी स्वास्थ्य केन्द्रमा कार्यरत अहेवको तलब भत्ता, औषधि खरिद लगायतका लागि खर्च गरिँदै आएको समितिका कोषाध्यक्ष टकबहादुर पुनले बताउनुभयो ।

मेसिनमार्फत प्रशोधन गरिएको पानीलाई प्रतिलिटर रु ६० मा बेच्ने गरिएको छ । पानी बिक्रीबाट आएको आम्दानीबाटै स्वास्थ्यकर्मीका लागि मासिक रु १७ हजार तलब, भत्ता उपलब्ध गराउँदै आएको कोषाध्यक्ष पुनले बताउनुभयो ।

सामुदायिक स्वास्थ्य केन्द्रका लागि घोडेपानीका स्थानीयवासीकै करिब रु १० लाख लगानीमा बिक्रम सम्बत २०६४ सालमा पाँच कोठे भवन निर्माण गरिएको थियो । स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि भ्रमणमा आउने पर्यटकमा अचानक हुने विभिन्न स्वास्थ्य समस्याको उपचार गर्न पनि सहज भएको छ ।

केन्द्रबाट मासिक ६० देखि १०० जनाले स्वास्थ्य सेवा लिने गरेका छन् । पर्यटक, स्थानीय बासिन्दा, पर्यटक मजदुर केन्द्रबाट लाभान्वित भएका छन् । केन्द्रमा परामर्श, औषधि वितरण र स्वास्थ्य परीक्षणलगायतको सेवा दिने गरिएको अहेव बिनु थापाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया