Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

जाजरकोट– सडक सञ्जालले नछोएको डोल्पा जिल्लामा यहाँको जिल्ला शिक्षा कार्यालयले बिक्रेताहरुलाई निर्धारित समयमै पाठ्यपुस्तक ल्याउन आग्रह गरेको छ ।

डोल्पाका विभिन्न ठाउँमा बसेर कक्षा १ देखि १० सम्मका पाठ्यपुस्तक बिक्री वितरण गर्दै आएका ६ जना विक्रेतासँगको छलफल पछि यस्तो आग्रह गरिएको जिल्ला शिक्षा अधिकारी युवराज पौडेलले जानकारी दिनुभयो ।

डोल्पा हिमाली जिल्ला भएका कारण फागुनदेखि नयाँ शैक्षिक सत्र सुरु भई मङ्सिरमा सकिने गर्छ । त्यसकारण शैक्षिक सत्र २०७३ सुरु हुन करिब एक महिनामात्र बाँकी रहेको बेला जिल्लामा समयमा नै पाठ्यपुस्तक विद्यार्थीहरुलाई उपलब्ध गराउन जिल्ला शिक्षा कार्यालय सक्रिय बनेको हो । डोल्पा जिल्लामा रहेका ११५ विद्यालयमा नौ हजार १३४ जना विद्यार्थी अध्ययनरत छन् ।

तपाईको प्रतिक्रिया