Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– महाबिनाशकारी भूकम्प गएको नौ महिनापछि सरकारले भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माण आजदेखि औपचारिक रुपमा सुरु गर्ने भएको छ ।

क्षतविक्षत संरचनाको पुनःनिर्माणका लागि गठन गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले शनिबारदेखि पुनःनिर्माणसम्बन्धी महाअभियान सुरु गर्ने भएको हो । पुनःनिर्माण प्राधिकरणले तयार पारेको पुनर्निर्माणसम्बन्धी कार्ययोजनाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी र प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको बुङ्मतीबाट पुनःनिर्माण अभियानको उद्घाटन गर्दै पुनःनिर्माणको काम औपचारिकरुपमा सुरु गर्नुहुने कार्यक्रम तय भएको छ ।

प्राधिकरणले भूकम्पपछिको पुनःनिर्माणको खाकाबारे दाता सम्मेलनमा सहयोग गरेका अन्तर्रा्ष्ट्रिय दातृ समुदायलाई जानकारी गराइसकेको जनाएको छ । अभियानको सुरुवातसँगै तीन हप्ताभित्र भूकम्प प्रभावित १४ जिल्लामा एक सय इन्जिनियर र एक सय समुदाय परिचालक समेत गरी करिब तीन हजार तथ्यांक संकलनमा जुट्ने प्रधिकरणले जनाएको छ।

माघ महिनाभित्र सर्वेक्षण सकिएका गाविसबाट आवास निर्माणको काम अघि बढाइने प्राधिकरण प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञावालीले जानकारी दिनुभयो । सरकारले आगामी २०७३ वैशाख १२ गतेसम्ममा भूकम्प प्रभावित प्रत्येक गाविस÷नगरपालिकामा पुनःनिर्माण कार्य सुरु गरिसक्ने योजना बनाएको छ ।

गत वैशाख १२ को भूकम्पका कारण भत्किएका संरचनाको पुनःनिर्माणका लागि अन्तर्रा्ष्ट्रिय समुदायले आर्थिक सहयोग र सहुलियत दरको ऋण सहायता गरी करिव तीन खर्व दिने प्रतिबद्धता जनाएका थिए ।

भूकम्पका कारण ६ लाख ८ हजार १ सय ५५ घर पूर्णरुपमा ध्वस्त भएका थिए भने दुई लाख ९८ हजार ९ सय ९८ घरगोठ आंशिक रुपमा क्षति भएका थिए ।

तपाईको प्रतिक्रिया