Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चुलोचुलोमा ग्यासको पाइपलाइन जडान, एक वर्ष्भित्र विद्युत् कटौतीको समाप्ति, हावाबाट ऊर्जा उत्पादन तथा उपत्यकाभित्र विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याउन आफू प्रतिबद्ध भएको दोहोर्‍याउनुभएको छ ।
उहाँले भन्नुभयो, “म जति दिन प्रधानमन्त्री पदमा रहन्छु, ती कार्य पूरा गर्न मेरो प्राथमिकतामा रहन्छ । यो मेरो अथक प्रयासलाई हँसीमजाकमा नउडाउन सबैसित आग्रह गर्दछु ।”
वरिष्ठ हृदयरोग विशेषज्ञ प्राध्यापक डाक्टर अरुण साय्मीको प्रमुख लेखनमा डाक्टर हेमन्त श्रेष्ठ र डाक्टर सूर्य देवकोटाले प्रकाशनमा ल्याउनुभएको ‘कार्डियोलोजी एन्ड क्रिटिकल केयर’ नामक पुस्तकको आज लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो – कुरा काट्नेहरु काटिरहन्छन् तर म पछाडि फर्किन्नँ । ती कार्य पूरा गरेरै छाड्छु ।
“सिंहदरबारमा प्रधानमन्त्रीको तस्बिर ठड्याउन मात्र म सिंहदरबार गएको होइन, भूकम्प र अघोषित नाकाबन्दीले थिलथिलो भएको जनताको जीवनस्तरलाई माथि उकास्ने मेरो ध्येय छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो । आफूलाई केहीको पनि लोभ नभएको बताउँदै उहाँले भन्नुभयो – देश र जनताकै चिन्ता मात्र मलाई छ ।

तपाईको प्रतिक्रिया