Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

हुम्ला– हुम्लास्थित दुई कर्णालीको बीचमा पर्ने शिव मन्दिरमा आज बिहानैदेखि भक्तजनको ठुलो भीड लागेको छ । माघी पर्वको अवसरमा स्नान गर्न भक्तालु बिहानैदेखि नदी दोभानमा पुगेका छन् ।

हुम्ला जिल्लाका १० गाविसका मानिसहरु जम्मा भई यो पर्व भव्य रुपमा मनाउने गर्दछन् । खार्वुनद गाविसले आयोजना गरेको कार्यक्रममा सांसद जीवनबहादुर शाही र रीता शाहीले मेला भर्न आएका भक्तजनलाई प्रसादस्वरुप मिठाई वितरण गर्नुभएको थियो ।

आजै यस क्षेत्रको पुरानाको सांस्कृतिक घोडा दौडको पनि आयोजना गर्ने गरिन्छ ।

तपाईको प्रतिक्रिया