Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

कास्की– नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसले तत्काल सरकारमा जान हतार नगर्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन कास्कीले आज बिहान गरेको पत्रकार भेटघाटमा नेता देउवाले सरकारलाई ठीकसँग चलाउन बलियो प्रतिपक्षीको खाँचो पर्ने भएकाले काँग्रेसले प्रतिपक्षमै रहेर राम्रो कामको समर्थन र नराम्रो कामको विरोध गर्ने बताउनुभयो ।

नयाँ संविधान जारी भएपछि सीमाङ्कन र जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र कायम हुनुपर्छ भनेर केही मधेसवादी दलको असन्तुष्टि पैदा भएको स्मरण गराउँदै उहाँले नेपाली काँग्रेसले व्यवस्थापिका–संसदमा पेस गरेको संविधान संशोधन प्रस्तावले उनीहरुको माग पूरा हुने र देशमा सहज वातावरण बन्ने दावी गर्नुभयो ।

नेपाली काँग्रेसको आसन्न तेह्रौँ महाधिवेशनले पार्टी एकता र संविधान कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उहाँले लामो समयदेखि जनप्रतिनिधिहरुबाट संविधान बनाउने नेपाली जनताको चाहना पूरा भएको विचार व्यक्त गर्नुभयो ।

उहाँले संविधानसभाका ९० प्रतिशतभन्दा बढी सदस्यबाट बनेको संविधान लोकतान्त्रिक, समानुपातिक र समावेशी भएको टिप्पणी गर्नुभयो ।

तपाईको प्रतिक्रिया