Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) एसिया तथा प्रशान्त क्षेत्रका मुलुक समूह (एस्पेक) को अध्यक्षमा पहिलो पटक नेपाल चुनिएको छ ।

सन् १९५३ मा युनेस्कोको सदस्यता लिएयता नेपालले सन् २०१६ वर्षको एसिया प्रशान्त क्षेत्रका मुलुक समूहको अध्यक्षता प्राप्त गरेको फ्रान्सका लागि नेपाली दूतावासले जनाएको छ । एस्पेकको यस वर्षको पहिलो बैठकपछि पेरिसमा आयोजित विशेष समारोहमा युनेस्कोको सो समूहको निवर्तमान अध्यक्ष रहेको चीनका स्थायी प्रतिनिधि÷राजदूत झाङ सिक्यिनले युनेस्कोका नेपाल स्थायी प्रतिनिधि, राजदूत अम्बिकादेवी लुइँटेललाई अध्यक्ष पद हस्तान्तरण गर्नुभयो ।

समारोहमा एस्पेकको अध्यक्षता प्राप्तिपछि राजदूत लुइँटेलले इमान्दारीका साथ नेपालले सबै सदस्यको विश्वास लिएर अघि बढ्ने बताउनुभएको दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

उहाँले युनेस्कोको सचिवालय र एस्पेक समूहका सदस्यबीच अझ सहयोग बढाउनुपर्ने बताउनुभएको जनाइएको छ । उहाँले एस्पेक क्षेत्रीय समूह युनेस्कोका लागि जनसङ्ख्या, प्राकृतिक र सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण छ भन्नुभयो ।

तपाईको प्रतिक्रिया