Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– आज मकर सङ्क्रान्ति पर्व । नदीघाट दोभान तथा त्रिवेणीहरुमा स्नान दान र पूजाआजा गरी यो पर्व मनाइँदैछ । आजै यस संक्रान्तिलाई थारु, मगर लगाएतका समुदायमा माघी पर्वको रुपमा हर्षोल्लासपूर्वक मनाइदैछ ।

माघे सङ्क्रान्तिदेखि अयन परिवर्तन भई सूर्य उत्तरायण हुने हुँदा यस दिनदेखि लोकमा उत्तमपुण्यलाभको कामना गरी यज्ञयज्ञादि गर्न थालिन्छ । सूर्य उत्तरायण भएपछि पृथ्वीको उत्तरी गोलार्धमा दिन लामो र रात छोटो हुँदै जाने अनि जाडो पनि घट्दै जाने गर्दछ । माघे सङ्क्रान्तिका दिनदेखि सूर्य मकररेखामा सर्ने हुँदा यस संक्रान्तिलाई मकर संङ्क्रान्ति पनि भनिन्छ ।

मकर स्नानका लागि कन्काइ धाम, चतरा, देवघाट, रिडी गलेश्वर लगायतका तीर्थ तथा दोभान त्रिवेणीहरुमा आज भक्तजनहरुको भीड लागेको छ । कालीगण्डकीको किनारमा पर्ने प्रसिद्ध तीर्थ रिडीमा आजदेखि तीन दिने मकर मेला शुरु भएको छ ।

माघे जाडोबाट बच्नका लागि यस दिन घिउचाकु तीलको लड्डु, सखरखण्ड तरुल खिचडी खानुका साथै जीउमा तेल लगाउने चलन छ ।

माघे संक्रान्तिलाई थारु समुदायमा नयाँ वर्षको आरम्भ मानी माघी पर्व मनाइन्छ । माघीका दिन बिहानै परम्पराअनुसार इष्टदेवको पूजाआजा गर्ने गरिन्छ । नयाँ वर्षको स्वागतमा एकापसमा शुभकामना व्यक्त गर्नुृका साथै नाचगान गरी हर्षेल्लासपूर्व यो पर्व मनाइन्छ । माघीमा थारु परम्पराका विभिन्न परिकार पकाई आफन्तको स्वागत सत्कार गरी खाने गरिन्छ । यसै दिन विगतको हिसाब बिर्सजन गरी नवीन नीतिको तजुर्मा गरेर समुदायमा नयाँ नेतृत्वको पनि चयन गर्ने चलन छ ।

मगर समुदायमा पनि माघेसंक्रान्तिलाई विशेष पर्वको रुपमा मनाउने परम्परा छ । यस दिन मगर समुदायका जेष्ठ सदस्यले पितृ र पुर्खाको पुजाआजा गरी सम्मान गर्ने गरिन्छ । यस समुदायमा पनि माघेसंक्रान्तिलाई नयाँ वर्ष आरम्भ मानिने हुँदा हर्षपूर्वक एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । पर्व मनाउन घरमा आएका आफन्तलाई स्वागत सत्कार गरी सेल बारा लगायतका परिकार खुवाउने पनि चलन छ ।

नयाँ वर्षको स्वागतमा मगर समुदायमा कौरा, सोरठी, सालैज्यू लगायतका गीतमा नाचगान गरी मनोरञ्जन गर्ने गरिन्छ । माघीलाई राष्ट्रिय पर्वको रुपमा हर्षेल्लासपूर्वक मनाउन राजधानी लगायतका शहर बजारमा थारु मगर लगाएतका समुदायबाट माघी महोत्सवको आयोजना पनि हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया