Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

पोखरा– गृहमन्त्री शक्तिबहादुर बस्नेतले अहिलेको नाकाबन्दीबाट कसैले पनि कालोबजारी र तस्करी गरी अनुचित फाइदा नलिओस् भनेर सरकार गम्भीरतापूर्वक लागेको बताउनुभएको छ ।

शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटन प्रवद्र्धनका लागि युनाईटेड क्लब पोखराले बिहीबारदेखि अमरसिंह चौरमा सुरु गरेको छैटौँ पोखरा महोत्सवको उद्घाटन गर्दै उहाँले यस्ता विकृति नियन्त्रण गरी अत्यावश्यक वस्तुको सहज आपूर्तिको व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण भएको उल्लेख गर्नु भयो ।

उहाँले केही दिनपछि आपूर्तिमा सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

संविधानसभाबाट जारी भएको संविधान विश्वमै लोकतान्त्रिक र समावेशी भएको टिप्पणी गर्दै उहाँले भन्नुभयो संविधानमा चित्त नबुझेका कुरा संशोधनबाट परिवर्तन गर्न सकिन्छ, परिवर्तनका लागि अब कसैले पनि सडक सङ्घर्ष र हतियारको राजनीति गर्नु पर्दैन ।

सांसद शारदा पौडेलले युनाइटेड क्लबले शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन क्षेत्रको विकास गर्ने भनेर लिएको लक्ष्य साकार पार्न आफूले सक्दो सहयोग गर्ने वचन दिनुभयो ।

कार्यक्रममा एकीकृत नेकपा (माओवादी) कास्कीका अध्यक्ष दीपक कोइराला, राप्रपा नेपालका अध्यक्ष जयलाल पुन, वीरगन्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष अशोक वैद्य, लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, रवीन्द्रबहादुर प्रजु, सञ्जीवबहादुर कोइरालालगायतका वक्ताले महोत्सवका बारेमा बोल्नुभएको थियो ।

युवाको जाँगर राष्ट निर्माणको आधार भन्ने मूल नाराका साथ आयोजना गरिन लागिएको सो महोत्सव आगामी माघ १० गतेसम्म चल्ने छ ।

तपाईको प्रतिक्रिया