Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

मोरङ– मर्‍यो भनेर दुईपटक किरिया गरिसकेपछि पनि ज्युँदै फर्केर आएका मोरङको आइतबारेका एक युवकलाई नयाँ जन्म गराउन आफन्तले भकारीमा लुकाएर राखेका छन् ।

मरेको भनेर किरिया गरिसकेको मान्छेलाई त्यत्तिकै घरभित्र छिराउँदा धार्मिक दोष लाग्ने भन्दै गाउँले र धर्मशास्त्रीले दिएको सल्लाहअनुसार आफन्तले पुस २९ देखि ९ दिनसम्मका लागि कसैले नदेख्ने गरी भकारीभित्र लुकाएर राखेका हुन् ।
पथरी शनिश्चरे–५ आइतबारेका सुस्तःमनस्थितिको अपांगता भएका बोल्न नसक्ने १८ वर्षीय भूपाल अधिकारी आठ महिना पहिले अचानक हराएका थिए । त्यसको केही हप्तापछि पथरी शनिश्चरे–१ स्थित शान्ति सामुदायिक वनमा रहेको डम्पिङ साइटमा एक मानव कंकाल फेला परेको थियो । त्यो कंकाललाई नै गाउँले र आफन्तले हराएका भूपाल नै हुन् भनेर लुगाका आधारमा होमा हो मिलाउँदै पुष्टि गरेका थिए ।
त्यसपछि इलाका प्रहरी कार्यालय पथरीका तात्कालीन निरीक्षक रुद्र चुँडालले जलाएर नष्ट नगर्ने गरी माटोमा गाडेर मात्र अन्त्येष्टि गर्न कंकाल आफन्तको जिम्मा लगाएका थिए । त्यसपछि भूपालका ठूलो बुबा रुद्र प्रसादले पहिलोचोटि मरेको भनेर भूपालको किरिया गरेका थिए । छोराको मृत्यु भएको खवर सुनेर वैदेशिक रोजगारमा गएकी आमा मनमाया घर फर्केपछि फेरि उनले छोरा भूपालको काजकिरिया गरेकी थिइन् ।
बाबु टेकबहादुर अधिकारी सधैँ रक्सीले मातेर हिँडिरहने र घरपरिवारको समेत वास्ता गर्ने गर्दैैनन् । यसैले मर्‍यो भनेर दुई–दुईचोटि किरिया गरेका व्यक्ति आठ महिनापछि अचानक फर्केर आएपछि गाउँले र घरपरिवार छक्क परेका थिए । केहीले भूपाललाई भूत हो भन्दै गाउँमा बस्न दिनुहुँदैन पनि भनेका थिए । तर म¥यो भनेका भूपाल जीवित नै भएको पक्का भएपछि गाउँलेले भूपाललाई तीन दिनअघि इप्रकामा हाजिर गराएका थिए । फर्केको व्यक्ति भूपाल नै भएको पुष्टि भएपछि आफूहरुले घरमा लैजान दिएको र तत्कालको कंकाल कस्को थियो भन्नेबारे थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय पथरीका निरीक्षक रमेश बस्नेतले बताउनुभयो ।
आमा मनमायाले प्रहरीबाट बुझेर भूपाललाई घर लगेपनि गाउँले र पण्डितले शुद्धशान्ति नगरी घरमा राख्न नहुने भन्दै दबाब दिएपछि आफूहरुले पनि भूपाललाई मंगलबारदेखि भकारीमा कसैले नदेख्ने गरी लुकाएर नयाँ जन्म गराउन पूजापाठ गरिरहेको नातामा हजुरबुबा पर्ने भुवनेश्वर पोखरेलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया