Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

कञ्चनपुर– गर्भवती आमा र शिशुको पोषणमा सुधार ल्याउन कञ्चनपुरमा विपन्न गर्भवती महिलाहरुलाई कुखुरा वितरण गरिएको छ । सुआहारा कार्यक्रम अन्तर्गत मातृ–शिशुको पोषणमाा सुधार ल्याउन कुखुरा वितरण गरिएको हो ।

जिल्लाका दैजी, कृष्णपुर, रैकवार विचवा, बाइसे विचवा र शङ्करपुर गाविसका नमुना वडाबाट छनोट गरिएका ४५ आमालाई १० वटाका दरले कुखुरा वितरण गरिएको हो । कुखुरापालन गरेर अन्डा खाने बानीको विकास गर्नका लागि कुखुरा वितरण गरिएको सुआरा कार्यक्रम कञ्चनपुरका संयोजक हेमा पराजुलीले जानकारी दिनुभयो– “एक हजार दिनमा आमा र शिशुको पोषणमा सुधार ल्याउन कुुखुरा वितरण गरेका छौँ ।” महिला गर्भवती भएपछिको एक हजार दिनलाई मातृ–शिशु स्वास्थ्यको लागि निक्कै महत्वपूर्ण मानिन्छ ।

ग्रामीण क्षेत्रका आमाहरु पौष्टिक आहाराको कमीका कारण जोखिममा रहेकाले पोषणमा सुधार ल्याउन कुखुरा वितरण गर्ने कार्यलाई अगाडि बढाइएको संयोजक पराजुलीले बताउनुभयो । कुखुरा वितरणसँगै गर्भवती आमाहरुलाई पौष्टिक आहारा खानका लागि जनचेतनामुलक कार्यक्रम समेत सञ्चालन गरिँदै आएको छ ।

तपाईको प्रतिक्रिया