Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– स्पेनिस महारथी बार्सिलोना स्पेनिस नकआउट फुटवल प्रतियोगिता कोपा डेल रे को क्वाटरफाइनलमा प्रबेश गरेको छ । क्याटलान डर्वीको दोस्रो लेगमा स्पोनियोललाई दुई शून्य गोलले हराएपछि समग्रमा ६–१ गोलको जित निकाल्दै बार्सिलोनाले अन्तिम आठमा स्थान पक्का गरेको हो ।

गएराति सम्पन्न दोस्रो लेगमा बार्सिलोनाले युवा स्ट्राइकर मुनिरको दुई गोलको सहयोगमा जित हात पारेको हो । यसैसाता फिफा बेलुन डि’ओरको उपाधि जितेका स्टार स्ट्राइकर लियोलन मेसीबाहेक अन्य सबै सिनियर खेलाडीलाई आराम दिइएको खेलमा मुनिरले खेलको ३२ औं र ८८ औं मिनेटमा गोल गरेका थिए । मुनिरको पहिलो गोलमा मेसीले पास मिलाएका थिए ।

जितपछि समग्रमा ६–१ गोलको जित निकाल्दै बार्सिलोना अन्तिम आठमा पुगेको हो । यसअघि गत साता सम्पन्न पहिलो लेमा बार्सिलोना ४–१ गोलले विजयी भएको थियो ।

प्रतियोगिताको प्रिक्वाटरफाइनल चरणका अन्य खेलहरुमा गत बर्षको उपबिजेता एथ्लेटिको विल्वाओलेपनि भिल्लारियललाई समग्रमा चार दुई गोलले हराउदै क्वाटरफाइनलमा स्थान बनायो । गएराति सम्पन्न दोस्रो लेगमा विल्वाओले भिल्लारियललाई एक शून्य गोलले हराएको हो । यसअघि पहिलो लेगमा विल्वाओ तीन दुई गोलले विजयी बनेको थियो ।

आआफ्नो खेलमा जित निकाल्दै क्वाटरफाइनल चरणमा प्रबेश पाउने क्रममा मिराण्डेसले डेपोर्टिभो ला कोरुनाको चुनौति समग्रमा चार एक गोलले पन्छायो । सेभियाले रियल बेटिसलाई समग्रमा ६–० गोलले पाखा लगाउदै अन्तिम आठमा स्थान तय गर्न सफल भयो । त्यस्तै सेल्टा डि भिगोले काडिजलाई समग्रमा पाँच शून्य तथा ला पाल्मासले इवारलाई ६–४ को समग्र नतिजामा पाखा लगाउदै क्वाटरफाइनल यात्रा तय गरे ।

तपाईको प्रतिक्रिया