Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – अत्यन्त महत्वका साथ हेरिएको आइतबार टोकियोमा हुन गईरहेको महजात्रा कार्यक्रमको सबै तयारी पुरा भएको आयोजक एनआरएन जापानले जनाएको छ ।

1कार्यक्रमको ९ सय भन्दा बढि टिकट अग्रिम बुकिङ भईसकेको एनआरएन जापानका अध्यक्ष सुदन थापाले जानकारी दिए । आइतवार हुने महजात्रा कार्यक्रमको तैयारी र ब्यवस्थापनका बारेमा जानकारी दिने उद्देश्यले शनिवार साँझ आयोजित पत्रकार सम्मेलनमा बोल्दै महजात्रा कार्यक्रमका संयोजक समेत रहेका थापाले जापानमा हुने गरेका साँगीतिक कार्यक्रमहरुको इतिहासमा यतिधेरै टिकट अग्रिम बिक्री भएको पहिलोपटक भएको दावी गरे । थापाले जापानमा बसेर हामी नेपालीले सिक्न नसकेको एउटा पक्ष समयमा कार्यक्रम सुरु नहुने प्रवृत्तिलाई यो पटक दोहोरिन नदिने प्रतिबद्धता जनाए ।

उनले भने – ’हामी निर्धारित समयमै कार्यक्रम सुरु गरेर देखाईदिने छौं, अपरान्ह ३ बजे प्रवेशद्वार खुल्ला हुने छ, सबैजना समयमै आईदिनुहोला ।’ ’यो हामी सबैको साझा कार्यक्रम भएकोले यसलाई सफल बनाउने पनि हामी सबैको साझा दायित्व हो, त्यसैले जापानबासी नेपालीहरु सबैको रचनात्मक सहयोगको अपेक्षा गरेका छौं – थापाले भने ।

पत्रकार सम्मेलनमा बोल्दै हास्यकलाकार मदनकृष्ण श्रेष्ठले समाज र राष्ट्रलाई सही दिशामा डोर्‍याउने जिम्मेवारी मिडियाको भएकोले परिवर्तित सन्दर्भमा मिडियाको जिम्मेवारी अरु बढेर गएको बिचार ब्यक्त गरे । आइतवार टोकियोमा हुने महजात्रा कार्यक्रममा नेपाली राजनीतिमा बिद्यमान बिसंगति र बिकृतिको ब्यङ्ग्य कसिएको प्रहसन प्रस्तुत गरिने बताए । उनले भने – ’अहिले मुलुक डनहरुको हातमा गएको छ, नेपाली राजनीतिका डनहरुप्रति लक्षित अत्यधिक दर्शकहरुले रुचाईएको कार्यक्रम नेवारबहादुर र बाहुनबहादुर लगायतका केही प्रहसनहरु प्रदर्शन गरिने छ ।’ यसैगरी अर्का हास्यकलाकार हरिवंश आचार्यले परोपकारी अभियानका लागि हुन लागेको कार्यक्रममा सहभागी बन्न पाउँदा खुशी लागेको बताए । ’साँच्चि भन्ने हो भने यतिबेलाको कार्यक्रममा राम्रो टिम बनेर आएका छौं, हामीले सोचेको भन्दा राम्रो कार्यक्रम गर्ने अपेक्षा लिएका छौं । सबैजना समय मिलाएर आईदिनुहोला’ – उनले भने ।

यसैगरी लोकगायक बमबहादुर कार्कीले नेपाली लोकसंगीतमा भित्रिएको विकृतिप्रति चिन्ता ब्यक्त गर्दै अब छिट्टै जागीरे जीवनबाट अवकाश लिएर सँस्कृति बचाउने अभियानमा लाग्ने बताए । उक्त अभियानका लागि डायस्पोरामा रहेका नेपाली समुदायबाट पनि सहयोगको अपेक्षा गरिएको बताए । कार्कीले भने – ’हजारौ गीत गाईयो, अहिले आफ्नो परिचय जोगाउन गाह्रो भईरहेको स्थिति छ, गीत र संगीत अब पुरै कमर्शियल भईसकेको छ । एक्लै लड्न गाह्रो छ ।’ राष्ट्रको गीत बनाएर गाउन खोज्दा तत्कालिन पञ्चायती शासकको सास्ती खेप्नुपरेको स्मरण गर्दै गायक कार्कीले आफ्नो जीवन जागीरे, कलाकार र मिडियाकर्मी गरी त्रिकोणात्मक पृष्ठभूमिबाट गुज्रिनु परेकोले गीत र संगीतलाई चाहेजति समय दिन नसकेको अनुभव सुनाए । 2

कार्यक्रममा पत्रकारहरुले राखेको जिज्ञासा मेटाउँदै नायिका प्रियङ्का कार्कीले आफ्नो रोजाईमा पर्ने मुलुक जापान पहिलोचोटी त्यो पनि राम्रो टिमसंग आउन पाएकोमा खुशी ब्यक्त गरिन् । नायिका कार्कीले महजोडिको कलाकारिताबाट प्रभावित भई आफुमा भएको प्रतिभालाई ब्यवसायीकरण गर्ने प्रेरणा मिलेको खुलासा गरिन् । प्रियङ्काका अनुसार आईतबारको कार्यक्रममा उनी उदघोषिकाको भूमिकामा देखिने भएकी छिन् भने केही फिल्मी गीतहरुमा नृत्य पनि गर्ने बताईन् । उदघोषण कार्यमा प्रियङ्कालाई जापानमै रहेकी शिक्षा शान्ति वाइवाले सघाउने भएकी छिन् ।

सो अवसरमा नेपाली क्रिकेट क्याप्टेन पारस खड्काले नेपालमा क्रिकेटको माहौल बन्दै गएको बताए । उनले राजनीतिक स्थिरता हुने हो भने नेपालले क्रिकेटमा अझ धेरै गर्न सक्ने विचार ब्यक्त गरे ।

पत्रकार सम्मेलनमा तिलक मल्ल, मोहन घले, प्रकाश पन्थी, आनन्द कोइराला, शान्त पहरी लगायतका पत्रकारहरुले महजात्रा कार्यक्रममा केन्द्रित बिषयवस्तुहरुमा जिज्ञासा राखेका थिए ।
कार्यक्रमको सहजीकरण गर्दै एनआरएन जापानका महासचिव अनुज थापाले अपरान्ह ३ बजे नै कार्यक्रमस्थल पुग्न सबै दर्शकहरुमा आग्रह गरे । उनले भने – ’कार्यक्रममा हामी सक्दो नयाँपन ल्याउने कोशीस गर्ने छौं भने हालसम्म दोहोरिने गरेका त्रुटीहरु सच्याउँदै घोषित समयमै कार्यक्रम सुरु गरेर निर्धारित समयमै समापन गर्ने छौं ।’

पत्रकार सम्मेलनमा एनआरएन जापानका सल्लाहकारहरु नरबहादुर थापा, शालिकराम भण्डारी, दिपक सुबेदी लगायतले पनि कार्यक्रमलाई सभ्य, भब्य र मर्यादित तुल्याउन हरसंभवका प्रयासहरु गरिनुपर्ने सुझाव दिएका थिए । कार्यक्रम अपरान्ह ४ बजे सुरु भई ९ बजे समापन गरिने कार्यतालिका सञ्चारकर्मीहरुलाई बितरण गरिएको छ ।
महजात्रा कार्यक्रम हालै मात्र जापानका लागि कार्यवाहक राजदूतको कार्यभार सम्हाल्न आइपुगेका उपनियोग प्रमुख  गेहेन्द्रराज राजभण्डारीको प्रमुख आतिथ्यतामा हुने भएको छ ।
५ करोड येनको परोपकारी कोष स्थापनार्थ आयोजित महजात्रा कार्यक्रमको टिकट दर प्रतिब्यक्ति ४ हजार येन रहेको छ । ***
६ 10 17 19

तपाईको प्रतिक्रिया