Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

20टोकियो – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानको अध्यक्षमा विष्णुप्रसाद घिमिरे चयन हुनुभएको छ । निवर्तमान कार्यसमितिमा महासचिवको भूमिकामा रहनुभएका घिमिरे नागोयाबासी ब्यवसायी हुनुहुन्छ ।

आइतवार टोकियोमा भएको लक्ष्मी जयन्तीसहितको नवौ अधिवेशनले सर्बसम्मतरुपमा चयन गरेको नयाँ कार्यसमितिको उपाध्यक्षमा धिषण निरौला, महासचिवमा दीप पाठक, सचिवमा अरुण पौडेल, सहसचिवमा भगवती उप्रेती र कोषाध्यक्षमा पुनः श्रवण सत्याल चयन हुनुभएको छ ।

यसैगरी समितिको सदस्यहरुमा रामजंग कार्की, रमशेबाबु घिमिरे, जीवन अर्याल, पेम्वा लामा, शंकर प्रेरणा, जयन्त शंकाल, राजेन्द्र जम्मरकट्टेल, रविन शर्मा, रविन्द्र दिखुक्पा, सरिता ढकाल, गिरिजा गैरे, नरेन्द्र सापकोटा (राजु), सुदीप पन्त र प्रेमिला गौचन रहनुभएको छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको तस्वीरमा माल्यार्पण सहित श्रद्धासुमन ब्यक्त गर्दै सुरु भएको सो समारोहमा दर्जनौ स्रष्टाहरुले आ-आफ्नो साहित्यिक सिर्जना वाचन गरेका थिए ।

अनेसासका पूर्व केन्द्रीय अध्यक्ष डा. कुमार बस्नेतको प्रमुख आतिथ्यतामा भएको सो समारोहमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले नवगठित कार्यसमितिलाई सफल कार्यकालका लागि शुभकामना दिएका थिए ।

समारोहमा अनेसास जापानका अध्यक्ष आलोक चालिसेले नवनिर्वाचित कार्यसमितिका अध्यक्ष विष्णुप्रसाद घिमिरेलाई संस्थाको कार्यभार हस्तान्तरण गर्नुभएको थियो ।

प्रमुख अतिथिको आसनबाट बोल्दै डा. बस्नेतले प्रवासबाट हाम्रो भाषा र डायस्पोरिक साहित्यलाई श्रीबृद्धि गर्ने काममा अनेसास जापानले खेल्दै आएको भूमिका र क्रियाशीलता प्रशंसनीय रहेको बताउनुभयो । बिशेष अतिथि अनेसासका केन्द्रीय उपाध्यक्ष प्रकाश पौडेल माइलाले आगामी वर्ष अनेसास केन्द्रको दुई ठूला कार्यक्रम अष्ट्रेलियामा अन्तर्राष्ट्रिय महिला साहित्य सम्मेलन र अमेरिकामा अनेसासको २५ औं वर्षगांठको बिशेष साहित्य सम्मेलन हुन गईरहेको जानकारी गराउनुभयो । कार्यक्रममा नेपाली दूतावासको प्रतिनिधित्व गर्दै सहचारी रेवन्त केसीले नवगठित कार्यसमितिलाई बधाई तथा शुभकामना ब्यक्त गर्नुभयो ।

शुभकामना मन्तब्य ब्यक्त गर्नेहरुमा नेपाली जनसम्पर्क समितिका महामन्त्री राजेन्द्र जम्मरकट्टेल, प्रवासी नेपाली मञ्चका अध्यक्ष कृष्ण खड्का, एनआरएन जापानका महासचिव अनुज थापा, अन्तर्राष्ट्रिय नेपाली समाजका अध्यक्ष अर्जुन अधिकारी, अनेसासका सल्लाहकार समेत रहेका नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल, सल्लाहकार समेत रहेका अनेसासका पूर्व अध्यक्षहरु बेलु थापा, दिनेशराज ज्ञवाली, सीतार समाजकी अध्यक्ष सुष्मा ओमाता हामीले नगरे कसले गर्ने अभियानका संयोजक दिपकबाबु नेपाल, नेपाली बिद्यार्थी समाज जापानका अध्यक्ष सन्तोषबाबु चोखाल लगायतका ब्यक्तिहरु हुनुहुन्थ्यो ।

अधिवेशन समारोहमा अघिल्लो कार्यकालमा भएका गतिधिको कार्यप्रगति प्रतिबेदन उपाध्यक्ष पुष्करजंग थापाले प्रस्तुत गर्नुभएको थियो ।***
2 3 5 18 1978910111213141516222311721

तपाईको प्रतिक्रिया