Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

1टोकियो – जापानमा रहेको नेपाली समुदायमा भैपरी आउने आकस्मिक समस्या समाधान गर्न एनआरएन जापानले ५ करोड येन बराबरको आपतकालिन राहत कोषको स्थापना गर्ने भएको छ ।
उक्त बिषयमा जापानमा रहेको नेपाली समुदायबीचमा बृहद छलफल तथा बिचार आदान प्रदान गर्न शनिवार टोकियोमा एक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्ने अधिकाँश वक्ताहरुले परियोजना अत्यन्तै सह्रानीय र आवश्यक रहेको भए पनि कोषका लागि स्रोत जुटाउन स्पष्ट कार्यनीति र कोषको सञ्चालन बिधिबारे स्पष्ट खाका कोरिनुपर्ने सुझाव दिएका छन् । सम्बन्धित क्षेत्रका विज्ञ तथा जानकारहरुको सहयोग लिई कोष सञ्चालनको कार्यबिधि तयार गरिनुपर्नेमा वक्ताहरुले जोड दिए । जापानमा करिव ४ हजारभन्दा बढि नेपालीहरुद्वारा सञ्चालित रेष्टुरेन्टहरु रहेको 2परिप्रेक्ष्यमा ती सबैको पहिचान गरी सम्पर्क केन्द्रकोरुपमा उपयोग गर्दै सहयोग राशी संकलन गर्न सकिने वक्ताहरुको भनाई थियो । जापानमा रेष्टुरेन्ट क्षेत्रमा कार्यरत र उनीहरुमा आश्रित नेपालीहरुको संख्या सबैभन्दा धेरै रहेको र त्यसपछि विद्यार्थीहरुको संख्या बढि रहेको हुँदा समस्या पनि उनीहरुमा नै बढि देखिएको वक्ताहरुले औंल्याएका थिए । समस्याको पहिचान गरी समाधान गर्न आपतकालिन राहत कोष सहयोगीसिद्ध हुनेमा सबैको मतैक्यता रहेको भए पनि कार्यान्वयनको पक्ष भने चुनौतीपूर्ण रहेकोले पूर्व तयारीका साथ योजनाबद्ध ढंगले अगाडि बढ्नुपर्ने धारणा वक्ताहरुको रहेको थियो । यहाँ रहेका दर्जनौ संघसंस्थाहरुसंग उचित समन्वय गरी यस अभियानलाई जापानभरि बिस्तार गरिनुपर्ने उनीहरुको सुझाव थियो ।

10बोल्ने वक्ताहरुमा प्रवासी नेपाली संगठनका अध्यक्ष रघुदीप खड्का, प्रवासी नेपाली मञ्चका अध्यक्ष कृष्ण खड्का, नेपाली जनसम्पर्क समितिका उपाध्यक्ष डिपी कँडेल, वी फर अलका अध्यक्ष सरोज खत्री, हामीले नगरे कसले गर्ने अभियानका संयोजक दिपकबाबु नेपाल, थकाली सेवा समितिका संरक्षक शरदकुमार गौचन, नेपाल जापान युथ क्लवका लेनिन भट्टचन, गल्कोट समाजका उपाध्यक्ष नरबहादुर थापा, गुल्मेली समाजका अध्यक्ष शालिकराम भण्डारी, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल, बिहुँकोट समाजका संरक्षक दिपक सुबेदी लगायतले बोलेका थिए ।

यसैगरी कार्यक्रममा एनआरएन आइसीसीका उपाध्यक्ष भवन भट्ट, एशिया प्यासिफिकका संयोजक किरणविक्रम थापा, उपसंयोजक रोविन्दप्रसाद श्रेष्ठ (गोविन्द), आइसीसी सदस्यहरु ओम गुरुङ, तुल्सीराम खरेल र भूषण घिमिरेले पनि ५ करोड येनको आपतकालिन राहत कोष स्थापना बारे आ-आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा एभरेष्ट इन्टर्नेशनल स्कुलका अध्यक्ष डा. भूपालमान श्रेष्ठले जापान सरकारले हालैदेखि लागू गरेको माइनम्बर प्रणाली बारे जानकारीमुलक एक सामाग्री प्रस्तुत गरेका थिए ।

राजदूत डा. भट्टराई  र उपनियोग प्रमुख अधिकारीको बिदाई 19

यसैगरी कार्यक्रममा चार वर्षको कार्यकाल पुरा गरी स्वदेश फर्कन लागेका जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराई र उपनियोग प्रमुख तापस अधिकारीलाई खादार्पण गरी बिदाई पनि गरिएको थियो । विदाई मन्तब्य ब्यक्त गर्दै राजदूत डा. भट्टराईले स्वदेश फर्केलगत्तै जापानको चार वर्षको अनुभवको आधारमा तयार पारेको रिपोर्ट नेपाल सरकारलाई बुझाउने बताए । उनले चार वर्षसम्म जापानको राजदूतकोरुपमा काम गर्दा यहाँको सरकार, जापानी नागरिक र नेपाली समुदायले पुर्‍याएको सहयोग र सद्भावका लागि धन्यबाद ब्यक्त गरे । यसैगरी उपनियोग प्रमुख अधिकारीले चारवर्षको कार्यकालमा जानअनजानमा कुनै त्रुटी भएको भए क्षमायाचना गर्दै स्वदेश फर्केपछि पनि जापानका नेपालीहरुसंग सहयोग तथा सूचना आदानप्रदान जारी रहने बताए ।

एनआरएन आइसीसीमा निर्वाचित पदाधिकारीहरुलाई बधाई

सो अवसरमा हालै नेपालमा सम्पन्न ग्लोबल सम्मेलनबाट एनआरएन आईसीसीको उपाध्यक्षमा निर्वाचित भवन भट्ट, एशिया प्यासिफिक क्षेत्रीय समितिका संयोजक किरणविक्रम थापा, उपसंयोजक रोविन्दप्रसाद श्रेष्ठ (गोविन्द), आइसीसीका सदस्यहरु तुल्सीराम खरेल, ओम गुरुङ र मनोनित सदस्य भूषण घिमिरेलाई बधाई तथा सम्मान ब्यक्त गरिएको थियो ।

कार्यसमितिमा ६ सदस्य मनोनित

सो अवसरमा एनआरएन जापानको कार्यसमितिमा मनोनित ६ जना सदस्यहरुको नामावली घोषणा गरिनुका साथै उनीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराईएको थियो । मनोनित सदस्यहरुमा प्रल्हादसिंह महत, बाबुराम भण्डारी, अर्जुन अधिकारी, जीवन न्यौपाने, हरिचन्द्र लामा र यमलाल कँडेल रहेका छन् ।

महिला प्रतिनिधिमा कालिका, युवा प्रतिनिधिमा भट्टचन र प्रवक्तामा ढुंगाना

यसैगरी कार्यसमितिले मनोनयन गर्न बाँकी रहेको अन्य पदहरुको नामावली पनि घोषणा गरिएको छ । जसअनुसार आईसीसी महिला प्रतिनिधिमा कालिका केसी र युवा प्रतिनिधिमा लेनिन भट्टचन मनोनयन भएका छन् भने प्रवक्तामा सन्दिप ढुंगाना मनोनयन भएका छन् ।

१७ जना सल्लाहकारहरु चयन

एनआरएन जापानको कार्यसमितिलाई आवश्यक सरसल्लाह र मार्ग निर्देशन गर्न विभिन्न क्षेत्रका १७ जना ब्यक्तिहरुलाई सल्लाहकारमा चयन गरिएको छ । जसअनुसार शरदकुमार गौचन, रोशन केसी, जिज्ञानकुमार थापा, नरबहादुर थापा, तिलक मल्ल, केशर गिरी, राजेन्द्र भट्टराई, महेश श्रेष्ठ, दिपक सुबेदी, मेघराज नेपाल, शालिकराम भण्डारी, लोकनाथ वस्ती, आत्माराम गैरे, दिलु खत्री, चिरिञ्जिवी थापा, डिलाराम खरेल र डिपी कँडेल रहेका छन् ।

प्रमुख संरक्षकमा राजदूत, संरक्षकद्वयमा प्रधानाङग र डा. बस्नेत

यसैगरी कार्यक्रममा एनआरएन जापानको आगामी कार्यकालका लागि प्रमुख संरक्षकमा जापानका लागि नेपाली राजदूत रहने ब्यवस्था गरिएको छ भने संरक्षकद्वयमा संस्थापक अध्यक्ष राजन प्रधानाङ्ग र संस्थापक महासचिव डा. कुमार बस्नेतलाई चयन गरिएको छ ।

एनआरएन जापानका अध्यक्ष सुदन थापाको सभापतित्वमा भएको सो कार्यक्रममा उपाध्यक्ष देवीलाल भण्डारीको स्वागत मन्तब्य रहेको थियो भने अर्का उपाध्यक्ष टंक गैरेले आपतकालिन राहत कोषको औचित्य र अवधारणा बारे प्रकाश पारेका थिए ।

कार्यक्रमको अन्तमा सभापतिको आसनबाट समारोहको समापन गर्दै थापाले जापानबासी नेपालीहरुका लागि भैपरि आउने अवस्थामा आकस्मिक राहत पुर्‍याउन ५ करोड येनको परोपकारी कोष स्थापना गर्ने साझा अभियानमा सहयोग गर्न जापानमा रहेका सबै संघसंस्था तथा नेपालीहरुमा अपिल गरे । महासचिव अनुज थापाको सन्चालन रहेको कार्यक्रममा बोल्दै अध्यक्ष थापाले यो अभियानलाई चरणबद्धरुपमा दुई वर्ष भित्रमा सम्पन्न गरिने प्रतिबद्धता पनि जाहेर गरे । ****
3 4 7 8 9 11 12 13 14 15 16 17 18 21

तपाईको प्रतिक्रिया