शुक्रबार, आषाढ १४, २०८१
Friday, June 28, 2024

झापा– पूर्वी नाका काँकडभिट्टाबाट पेट्रोलियम पदार्थ बोकेका कुनै पनि ट्याङ्कर बिहीबार नेपाल नभित्रिएको मेची भन्सार कार्यालयले जनाएको छ ।

तेल भर्नका लागि नेपालबाट भारतको सिलगढी डिपोमा गएका २५ वटा ट्याङ्करमध्ये पाँचवटा मात्र लोड भइरहेको मेची पेट्रोलियम व्यवसायी सङ्घका अध्यक्ष लय भण्डारीले जानकारी दिनुभयो ।

सोमबार र मङ्गलबार सो नाकाबाट नेपाल भित्रिएको ३५ ट्याङ्कर तेलमध्ये १२ ट्याङ्कर काठमाडौँ, पाँच ट्याङ्कर विराटनगर र पाँच ट्याङकर मेचीका पहाडी जिल्ला इलाम, ताप्लेजुङ र पाँचथर पठाइएको थियो ।

सङ्घका अध्यक्ष भण्डारीका अनुसार इन्डियन आयल कर्पोरेसनले इन्धन निर्यातमा थप कडाइ गरेको छ । उहाँका अनुसार सिलगुढी डिपोमा पुगेका ट्याङ्करमध्ये दश प्रतिशतलाई मात्र इन्धन भर्न आदेश छ भन्दै निगम कर्मचारीले सोही अनुरुप गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया