शुक्रबार, आषाढ १४, २०८१
Friday, June 28, 2024

पोखरा– पोखरा विमानस्थलबाट उडेको एक अल्ट्रालाइट विमान बिहीबार बिहान १०ः ३० बजेदेखि सम्पर्कविहीन भएको छ ।

सो अल्ट्रालाइट विमानको रुसी चालक भ्यालोरी बुरटिन थिए भने दक्षिण अफ्रिकाका एलिजाबेथ वेल यात्रुका रुपमा दृश्यावलोकनका लागि सवार रहेकी नागरिक तथा उड्डयन कार्यालय पोखराले जनाएको छ । सो कार्यालयले बेपत्ता विमानको खोजी कार्यका लागि हेलिकोप्टर र अन्य अल्ट्रालाइटका साना जहाज परिचालित रहेको जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया