शुक्रबार, आषाढ १४, २०८१
Friday, June 28, 2024

काठमाडौं- नेपाल आयल निगमले तेस्रो मुलुकबाट पेट्रोलियम पदार्थ ल्याउन ग्लोबल टेन्डर आह्‍वान गरेको छ ।

विगत ४० वर्षदेखि भारतीय आयल कर्पोरेसनसँग एकलौटी कारोबार गर्दै आएको निगमले भारतीय आयल कर्पोरेशन (आइओसी)ले इन्धन नदिएपछि विकल्प खोजेको हो ।

निगमले तीन दिनभित्र आसयपत्र पेश गर्नुपर्ने सूचना सार्वजनिक गरेको छ । निगमले प्रकाशित गरेको सूचनाअनुसार हाललाई १५ दिनका लागि प्रतिदिन डिजल करिब दुई सय किलोलिटर, पेट्रोल करिब सय किलोलिटर, हवाई इन्धन/मट्टिटेल करिब दुई सय किलोलिटर र खाना पकाउने एलपी ग्यास करिब सय मेट्रिक टन निगमले तोकेबमोजिमको गुणस्तरको हुनुपर्ने जनाएको छ ।

हालको अवस्था सहज नभएसम्मका कुनै पनि मुलुकबाट इन्धन खरिद गर्न लागेको निगमले जनाएको छ ।

12087624_10156080382055720_38774489_n

तपाईको प्रतिक्रिया