Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं- राष्ट्रपति डाक्टर रामवरण यादवले सहमतीय सरकार गठनका लागि दिएको समयसीमा बिहीबार सकिंदैछ ।

राष्ट्रपति डाक्टर यादवले असोज १५ गते सहमतीय सरकार गठनका लागि संसद् अधिवेशन आह्वान गर्दै सात दिनको समयसीमा दिएका थिए ।
राष्ट्रपतिले दिएको समयसीमाभित्र सहमतीय सरकार गठनको सम्भावना नभएपछि दलहरु बहुमतीय प्रक्रियामार्फत् सरकार गठनको कसरतमा लागेका छन् ।

सहमतीय सरकार गठनका लागि व्यवस्थापिका संसद्मा रहेका सबै दलको सहमति र समर्थन चाहिन्छ । मधेसकेन्द्रीत दलहरु आन्दोलनमा रहेका कारण सहमतीय सरकार गठनको सम्भावना नभएपछि दलहरु बहुमतीय प्रक्रियामा जुटेका हुन् ।

सरकारको नेतृत्व कसले लिने भन्ने बारेमा दलहरुबीच मतभेद छ । चार दलबीच भएको भनिएको भद्र सहमतिअनुसार नेकपा एमालेले सरकारको नेतृत्व आफूले पाउनुपर्ने बताउँदै आएको छ ।

तर नेपाली कांग्रेसले त्यस्तो सहमति नभएको दाबी गर्दै आएको छ । नयाँ सरकार गठनका लागि बहुमतीय प्रक्रिया भोलिबाट सुरु हुने छ । शुक्रबार नै व्यवस्थापिका संसद्को बैठक बोलाइएको छ ।

तपाईको प्रतिक्रिया