Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं- एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी ओलीको नेतृत्वको सरकार गठन हुन नदिन आफूलाई धम्की आएको बताएका छन् ।

सुनसरीको इटहरीमा कोचिला, लिम्बूवान र किराँत राज्यसमितिअन्तर्गतका अगुवा कार्यकर्ताको प्रशिक्षणका कार्यक्रमलाई सम्बोधन गर्दै उनले झलनाथ खनालको सरकार बनाउँदा भन्दा ५० गुणा ठूलो क्षति व्यहोर्नुपर्ने धम्की आएको दाबी गरेका हुन् ।

खनाल नेतृत्वका सरकार बनाउँदा एमाओवादी फुटेको प्रसंग उल्लेख गर्दै उनले ओली सरकार बने आफूलाई सिध्याउने, क्यान्टोनमेन्टको २० अर्बको आरोप लगाएर जेल हाल्ने वा पार्टीलाई अझ टुक्र्याउने खेल हुन सक्ने बताए । तर, राष्ट्रिय हितका लागि आफू जुनसुकै क्षति व्यहोर्न पनि तयार रहेको जिकिर जिकिर गरे ।

अबको तीन निर्वाचनसम्म दलीय सहमति तोड्न नहुने भन्दै उनले सहमति तोडेर अघि बढे देश ठूलो दुर्घटनामा फस्ने दाबी गरे ।

तपाईको प्रतिक्रिया