Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं- नेपाली कांग्रेसले भावी सरकारको नेतृत्वबारे बिहीबार आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ ।

केन्द्रीय कार्य समितिको पहिला दिनको बैठकमा सरकार गठनबारे छलफल नभई स्थगित भएको थियो । बैठकको सुरुमै वरिष्ठ नेता शेरबहादुर देउवाले सरकारको विषयमा बिहीबार छलफल गरिने भएकाले नउठाउन आग्रह गरेपछि केन्द्रीय सदस्यहरूले पार्टीको महाधिवेशन र भारतीय नाकाबन्दीमाथि धारणा केन्द्रित गरेका थिए ।

देउवा पक्षले बिहीबार एमाले अध्यक्ष केपी ओलीको विकल्प पार्टीभित्रबाट दिनुपर्ने मागलाई जोडतोडले उठाउने भएको छ ।

केन्द्रीय समितिको बैठकलगत्तै आवश्यक रणनीति तय गर्न देउवाले आफू पक्षीय केन्द्रीय सदस्यहरूलाई निवासमा बोलाएर छलफल गरेका थिए । ओलीको पक्षमा राष्ट्रियभन्दा अन्तर्राष्ट्रिय परिस्थिति अनुकूल नभएको भन्दै देउवा पक्षले सभापति एवं प्रधानमन्त्री सुशील कोइरालामाथि बाटो खुला गर्न दबाब दिने भएका छन् ।

बिहीबारको बैठकमा देउवा पक्षीय सदस्यहरूले संसदीय दलको निर्वाचन गराउन दबाब दिने योजना रहेको एक केन्द्रीय सदस्यले बताए । भेलामा अधिकांश केन्द्रीय सदस्यहरूले प्रधानमन्त्री हुने परिस्थिति बुझेर मात्रै अघि बढ्न देउवालाई सुझाएका थिए ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिसमेत आफ्नो पक्षमा रहेको देउवाको भनाइ थियो । केही सदस्यहरूले तीन दलीय गठबन्धन तोडिने गरी अघि बढ्न नहुने बताउँदै सहमतिका साथ अघि बढ्न देउवालाई आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया