Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं- नेपाली काँग्रेस केन्द्रीय समितिको बैठकले पार्टीको १३ औँ महाधिवेशन आउँदो फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडूले जानकारी दिनुभयो । केन्द्रीय महाधिवेशनअघि माघ १५ गते वडा, गाउँ र नगर, माघ २२ गते क्षेत्र र माघ २५ गते जिल्ला अधिवेशनसमेत गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

बैठकले अहिले भइरहेको अघोषित नाकाबन्दी खुलाउन सक्दो प्रयास गर्न सरकारसँग अनुरोध गरेको छ । सरकारको आगामी नेतृत्वको विषयमा आजको बैठकमा केही केन्द्रीय सदस्यले आफ्नो धारणा राखे पनि पार्टीले ठोस निर्णय बिहीबार बिहान बस्ने बैठकले गर्ने प्रवक्ता बडूले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया