Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं- सरकारले पेट्रोलियम पदार्थ आयातको विकल्प खोज्न नेपाल आयल निगमलाई निर्देशन दिएको छ ।

आयल निगमका पदाधिकारीसँग भएको छलफलमा मन्त्री सुनिलबहादुर थापाले इन्धन आपूर्ति सहज बनाउनका लागि अन्य देशको विकल्प खोज्न निर्देशन दिनुभएको हो । अन्य देशबाट ल्याएर भएपनि आपूर्ति सहज बनाउनुपर्ने मन्त्री थापाको भनाई छ ।

इन्धन हाहाकार हुँदा विकल्प खोज्नुपर्ने सुझाव आयल निगमले सरकारलाई दिएको थियो । सम्झौता विपरीत पेट्रोलियम पदार्थ रोकेको भन्दै इन्धन निर्यात नगरे विकल्प खोज्न बाध्य हुने आसयको पत्र हिजो भारतीय आयल करर्पोरेसनलाई पठाएको थियो ।

तपाईको प्रतिक्रिया