शुक्रबार, आषाढ १४, २०८१
Friday, June 28, 2024

काठमाडौँ- नेपाली कांग्रेसको पदाधिकारी बैठकले पार्टीको १३औं महाधिवेशन आगामी फागुनको पहिलो सातामा गर्ने प्रस्ताव तयार गरी सो प्रस्ताव बुधबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा पेश गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालाको सभापतित्वमा बसेको पदाधिकारी बैठकले आगामी माघ महिनाभित्र पार्टीको क्षेत्र, जिल्ला र गाउँ अधिवेशन सम्पन्न गर्ने र फागुनमा महाधिवेशन गर्न प्रस्ताव गरेको उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए।

कांग्रेसको विधानअनुसार महाधिवेशन गर्ने मिति यही असोज ५ गतेसम्म थप भएकामा नयाँ संविधानले गरेको व्यवस्था अनुसार थप छ महिनाका लागि वर्तमान नेतृत्वको कार्यकाल लम्बिएको हो।

नयाँ संविधान निर्माणको काममा सबै राजनीतिक दल व्यस्त हुनुपरेकाले पूर्व निर्धारित समयमा महाधिवेशन हुननसकेको हो।

पदाधिकरी बैठकमा नयाँ सरकार गठन लगायत विषयमा अनौपचारिक विषयमा छलफलभएपनि केन्द्रीय कार्यसमिति बैठकमा यसबारे निर्णय हुनेछ।

तपाईको प्रतिक्रिया