शुक्रबार, आषाढ १४, २०८१
Friday, June 28, 2024

काठमाडौं- नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले हिन्दु धर्मावलम्बीहरुको चाड दशैंलाई लक्षित गर्दै नयाँ नोट वितरण गर्ने भएको छ ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट असोज १८ गते देखि २२ गतेसम्म सटही सुविधा प्रदान गर्ने जनाइएको छ । केन्द्रीय बैंकद्धारा जारी विज्ञप्तीमा असोज २४ गतेबाट मात्र सर्वसाधरणका लागि नयाँ नोट उपलब्ध गराइने बताइएको छ ।

केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभाग र विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको शाखाबाट बैंकिङ्ग समयभित्र सर्वसाधरणका लागि नयाँ नोट वितरण गरिने छ ।

तपाईको प्रतिक्रिया