शुक्रबार, आषाढ १४, २०८१
Friday, June 28, 2024

काठमाडौं- २२ मेगावाट क्षमताको माइ जलविद्युत् आयोजनाको विद्युत मंगलबार दिउँसो १२:५४बाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

‘माइको विद्युत् १३२ केभि क्षमताको काबेली प्रसारण लाइन हुँदै राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ, अहिले हामीले १० मेगावाट विद्युत् प्रसारित गरिरहेका छौं । भोलिसम्ममा पूर्ण क्षमतामा नै विद्युत् प्रसारित गर्ने छौं, सानिमा माइ हाइड्रो पावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा.सुवर्णदास श्रेष्ठले हामीलाई जानकारी दिए । उनका अनुसार माइको विद्युत केहि दिन अघिबाट नै कावेली प्रसारणलाइनमा जोडिएको भएपनि आजबाट माइको विद्युत राष्ट्रिय प्रसारण लाइनमा प्रसारित भएको छ ।

२०७१ साउनमा नै निर्माण सम्पन्न भएपनि कावेली प्रसारण लाइनको गोदकदेखि दमक खण्ड निर्माण सम्पन्न नहुँदा माइले विद्युत् उत्पादन गर्न सकिरहेको थिएन । अहिलेको विषम परिस्थितीमा २२ मेगावाट थपिनु महत्वपूर्ण भएको श्रेष्ठको भनाइ रहेको छ ।

ढिला नै भएपनि माइको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ, श्रेष्ठ भन्छन्–‘हामी विद्युत्मा आत्मनिर्भर बन्न सक्छौं र बन्नु नै पर्ने अहिलेको माग हो । त्यसैले सरकारले उर्जा उत्पादक कम्पनिहरुलाई प्रोत्साहन दिनुपर्छ र उर्जा सुरक्षाको प्रत्याभूति दिनुपर्छ ।’

तपाईको प्रतिक्रिया