Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

इलाम– सानिमा माई हाइड्रोपावरबाट उत्पादित थप १८ मेगावाट विद्युत् १३२ केभी प्रसारण लाइनमार्फत मंगलबारदेखि राष्ट्रिय प्रसारणमा जोडिएको छ ।

मेची अञ्चलका पहाडी जिल्लामा उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारणमा आबद्ध गराउन निर्माणाधीन काबेली कोरिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको पहिलो खण्ड झापा लखनपुरदेखि इलाम गोदकखण्ड सञ्चालनमा आएपछि सो आयोजनाको विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको हो । सानिमा माई हाइड्रोपावरले प्रसारण लाइन अभावका कारण २२ मेगावाटमध्ये चार मेगावाट मात्र विद्युत् उत्पादन गर्दै आएको थियो ।

उक्त आयोजनाको १३२ केभी प्रसारणमार्फत माई हाइड्रोपावर सिक्रोनाइज गरी सफलतापूर्वक राष्ट्रिय प्रसारणमा पठाइएको उक्त हाइड्रोपावरका मुख्य कार्यकारी सुवर्णदास श्रेष्ठले जानकारी दिनुभयो । उहाँले आफ्नै स्रोतबाट राष्ट्रलाई थोरै विद्युत् उपलब्ध गराउन सफल भएको बताउनुभयो । माईले सुरुमा एक टर्वाइनमार्फत विद्युत् उत्पादन गरेर क्रमशः पूर्ण क्षमतामा विद्युत् परीक्षण गरिरहेको छ । काबेली कोरिडोर परियोजनाका प्रमुख दीपेन्द्रराज द्विवेदीले लखनपुरदेखि गोदकसम्म १३२ केभी प्रसारण सञ्चालन भएको र सानिमा माईसमेत १३२ केभी मा जोडिएको जानकारी दिनुभयो ।

उहाँले सुरुमा सानिमा माईको २२ मेगावाट र इलाम  (पुवा खोला)जलविद्युत् केन्द्रको ६ दशमलव २ मेगावाट १३२ केभीबाट राष्ट्रिय प्रसारणमा जोडिएको जानकारी दिनुभयो ।

त्यसपछि माईकै क्यास्केट, अपर माई पनि क्रमशः आयोजना सकिएपछि ग्रीडमा जोडिने बताएको छ । इलाम सदरमुकाममा गोदक सवस्टेसनमार्फत विद्युत् सप्लाइका लागि क्रमशः तयारी गरिने उहाँले जानकारी दिनुभयो ।

नेपाल विद्युत् प्राधिकरणका ग्रीड सञ्चालन विभागका निर्देशक बृजभूषण चौधरीले पावर अन गरेर हालै उक्त प्रसारण शुभारम्भ गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया