Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं– आन्दोलनरत मधेसी मोर्चा र तीन दलको वार्ता समितिबीचको सिंहदरबारमा भएको वार्ता  भोलि पुनः बस्ने गरि बिनानिष्कर्ष टुंगिएको  छ ।
सिंहदरबारस्थित संसद् सचिवालयमा भएको वार्तामा मोर्चाले सीमांकन, समावेसी–समानुपातिक प्रतिनिधित्व, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र लगाएतका संविधानमा ३५ बुँदे संशोधन प्रस्ताव पेश गरेको थियो ।
मंगलबारको वार्ता राजनीतिक मुद्धामा प्रवेश नै नगरि सकिएको सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले बताउनुभयो ।  कर्णका अनुसार सरकारी वार्ता टोलीले सरकार र नेताहरुसँग छलफल गरि भोलि हुने वार्तामा ठोस प्रस्ताव ल्याउने बताएका थिए ।
संयुक्त मधेसी मोर्चाका तर्फबाट वार्ता टोलीमा सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री सर्वेन्द्रनाथ शुक्ल , संघीय समाजवादी फोरम नेपालका लालबाबु राउत र तराई मधेस सद्भावना पार्टीका रामनरेश राय सहभागी हुनुहुन्थ्यो । भने तीन दलको तर्फबाट नेपाली कांग्रेसका महेश आचार्य, एमालेका अग्नी खरेल र एमाओवादीका नारायणकाजी श्रेष्ठ बैठकमा सहभागी  हुनुभएको थियो  ।
सरकारी वार्ता टोलीले आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरे पनि मोर्चाले आफ्नो माग पुरे नभएसम्म आन्दोलन जारी रहने पूर्ववत अडान राखेको थियो ।

तपाईको प्रतिक्रिया