Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं- भारतले लगाउँदै आएको नाकाबन्दीका कारण मंगलबार पनि मुलुकका मुख्य भन्सार नाकाहरु प्रभावित भएका छन् । केही नाकाबाट मालवाहक सवारी साधन नेपाल भित्रिरहेको भए पनि मुख्य नाका भने अझै ठप्प छन् ।

नाकाबन्दीको १२ दिन पुग्दासमेत वीरगन्ज भन्सार नाकाबाट एउटा पनि मालवाहक सवारी साधन नेपाल भित्रन सकेको छैन । मधेसी मोर्चाका कार्यकर्ताले सीमा नाकानजिकै रहेको मितेरी पुलमा धर्ना र प्रदर्शन जारी राखेका छन् ।

दसैंका लागि लक्षित गरी नेपाल भित्र्याउन लागिएको सयौं ट्रक खाद्यान्न र लत्ताकपडा अहिले भारतीय सीमा क्षेत्रमै रोकिएका हुन् । यसैगरी पेट्रोलियम पदार्थ बोकेको ट्यांकर र ग्यास बोकेका बुलेट पनि नाकामै अलपत्र छन् ।

भारतको रक्सौलदेखि सुनौलीसम्म नेपाल भित्रन लामबद्ध रहेका २ सय ५३ ग्यास बुलेट र पेट्रोलियम पदार्थ बोकेका ७० ट्यांकर छन् ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी सुशील शर्माले भदौ महिनामा ८ अर्ब ८२ करोड राजश्व उठाउने लक्ष्य लिएकोमा जम्मा ४ अर्ब ९१ करोड रुपैयाँ मात्र उठेको र असोज महिनामा ७ अर्व ७८ करोड राजश्व उठाउने लक्ष्य रहेकोमा हालसम्म १ अर्ब ८५ करोड मात्र उठेको बताए ।

विराटनगर भन्सार नाकाबाट मंगलबार कुनै मालवाहक गाडी नेपाल भित्रन सकेका छैनन् । सोमबार दिउँसो तीन बजेपछि कुनै पनि मालवाहक गाडी नेपाल प्रवेश गर्न नसकेका हुन् ।

सोमबार नेपाल छिरेका ट्यांकरलाई प्रहरी स्कर्टिङमा आयल निगमको क्षेत्रीय कार्यालयमा ल्याएर राखिएको छ । मोर्चाका कार्यकर्ताहरुले सीमा नाकामा धर्ना दिने चेतावनी दिएसँगै चालकले गाडी नेपाल प्रवेश गराउन नमानेका हुन् ।

उता, झापाको काँकडभिट्टा भन्सारबाट भने मालवाहक गाडी नेपाल भित्रने क्रम जारी छ । सो नाकाबाट गएरातिसम्म १ सय २८ वटा मालवाहक गाडी नेपाल भित्रिएका छन् । जसमा ५ वटा डिजेलका ट्यांकर र एउटा हवाई इन्धन बोकेको ट्यांकर छन् । पेट्रोलियम पदार्थ बोकेका ट्यांकर भने अझै भारतीय सीमा मै राकिएका छन् ।

यस्तै बाँकेको रुपैडिहा–जमुनाहा नाका र कैलालीको गौरीफन्टा नाकाबाट भने मालवाहक गाडीहरु निर्वाध रुपमा नेपाल भित्रिरहे पनि पेट्रोलियम पदार्थ बोकेका गाडी आएका छैनन् ।

तपाईको प्रतिक्रिया