शुक्रबार, आषाढ १४, २०८१
Friday, June 28, 2024

काठमाडौं– तराईका केही जिल्लामा झण्डै दुई महिनादेखि भइरहेको आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण औषधिको अभाव हुन थालेपनि सरकारले प्रभावकारी पहल गर्न सकेको छैन ।

पूर्वी क्षेत्रमा औषधीको अभाव हुन थालेपछि बिरामीको उपचार सेवा नै प्रभावित भएको छ भने मध्य पश्चिममा पनि ढुवानीमामा समस्या छ । औषधिको अभाव र बाटो बन्दका कारण स्थानीय अस्पताल छोडेर बिरामीलाई महंगो खर्चमा काठमाडौं ल्याउनु पर्ने बाध्यता छ ।

स्वास्थ्य मन्त्रालयले भारतले अझै केही दिनसम्म नाका नखोले अरु देशबाट ल्याउने छलफल गरिरहेको जवाफ दिँदै आएको छ । औषधिको अभाव भैसक्दा पनि मन्त्रालयलाई कुन औषधिको परिमाण कति र के के सकियो भन्ने बारे जानकारी नै नभएको स्रोतले बताएको छ ।

पूर्वको कोशी अञ्चल अस्पतालमा झण्डै २ हप्तादेखि बिरामीको उपचार गर्न नै समस्या भएको छ । स्लाइनपानीको समेत अभाव हुन थाले पछि समस्या झ्न बढ्दै गएको कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर रोशन पोखरेलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया