Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं– नेपाल आयल निगमले इन्धनको आयात बढाउन पहल भैरहेको जनाएको छ । भारतले गएको शनिबार बेलुकी नाकाबन्दी खुलाएको बताएपनि अहिलेसम्म सहज आपूर्ति हुन सकेको छैन ।

इन्धन बोकेका गाडी नाकामै रोकिँदा देशभरको जनजीवन निकै कष्टकर बनेको छ । सडकमा निकै कम मात्र गाडी चलेका छन् । दसैँ नजिकिंदै गर्दा घर फर्कन नपाइने हो कि भन्ने धेरैलाई चिन्ता छ । यस्तो बेला तेल आयात बढाउने विकल्पबारे छलफल भैरहेको निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले जानकारी दिनुभयो ।

सोमबार विराटनगर नाकाबाट १५/२० वटा इन्धनका गाडी नेपाल भित्रिएपनि अरु नाकामा कडाई उस्तै छ । भारतीय आयल कर्पोरेशनले आइओसीले तेल भर्न गएका सबै गाडीलाई तेल दिएको छैन । केही मात्रामा भित्रिएको इन्धनको व्यवस्थापन गरी अब दसैँका लागि तयारी थाल्ने निगमका कार्यकारी निर्देशक खड्काले बताउनुभयो ।

यसैबीच नेपाल आयल निगमले सार्वजनिक गाडीलाई प्राथमिकतामा राखेर तेल वितरण गर्न थालेपछि यात्रुलाई केहि सहज भएको छ । काठमाण्डूका सडकमा सार्वजनिक गाडी धेरै गुड्न थालेपछि ओहोरदोहोरमा केही सहज भएको यात्रुले बताएका छन् ।

इन्धन अभावमा कारण प्रसस्त गाडी नगुडे पनि अहिले सार्वजनिक गाडीको संख्या केही बढेको छ । यात्रुको सहजताका लागि निगमले निजी गाडी सकेसम्म नचलाउन आग्रह गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया