शुक्रबार, आषाढ १४, २०८१
Friday, June 28, 2024

काठमाडौँ- सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भोलि मङ्गलबार सिंहदरबारमा वार्ता हुने भएको छ ।

मोर्चाद्वारा गठित वार्ता टोलीको सद्भावना पार्टीको संसदीय दलको कार्यालयमा बसेको बैठकले सरकारसँग वार्ता गर्ने निर्णय गरेको हो ।

सिंहदरबारस्थित राज्य व्यवस्था समितिको हलमा मङ्गलबार बिहान १० बजे वार्ता हुने वार्ता टोली सदस्य सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

वार्ताका लागि मोर्चाले विगतमा उठाएका विभिन्न ३५ बुँदे माग पेस गर्ने उहाँले बताउनुभयो ।

मोर्चाले सङ्घीय प्रदेशको सिमाङ्कन, समानुपातिक समावेशी प्रतिनिधित्व, जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, नागरिकता, भाषा, न्यायालयको पहुँचलगायतका मागलाई वार्तामा राख्ने जनाएको छ ।

मोर्चाले सरकार र तीन दलसँग वार्ता गर्न आइतबार चार सदस्यीय वार्ता टोली गठन गरेको थियो । संविधानको विषयलाई लिएर मोर्चाले विगत ५१ दिनदेखि तराईमा आन्दोलन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया