Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं- एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल चीनको राजधानी बेइजिङ जाने भएका छन् । दाहाल आगामी अक्टोबर १५ तारिखमा बेइजिङ जाने उनका स्वकीय सचिव तथा एमाओवादी केन्द्रीय सदस्य चुणामणि खड्काले जानकारी दिए ।

भ्रमणका क्रममा उच्चस्तरीय राजनीतिक भेटघाट पनि गर्ने कार्यक्रम छ । चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागद्वारा आयोजित ‘सिल्क रोड’सम्बन्धी एसियाली राजनीतिक दलहरुको विशेष सम्मेलनमा पनि सहभागिता जनाउने खड्काले जानकारी दिए ।

यसअघि पनि सम्मेलनमा सहभागिताका लागि गत चैत दोस्रो साता कुन्मिङ गएका दाहाललाई चिनियाँ अधिकारीहरुले विशेष विमानबाट बेइजिङ लगेर उच्चस्तरीय भेटवार्ता गराएका थिए ।

तपाईको प्रतिक्रिया