मंगलबार, आषाढ ११, २०८१
Tuesday, June 25, 2024

न्युयोर्क (अमेरिका)- संयुक्त राष्ट्रसङ्घका महासचिव वान की–मुनले संविधानसभाबाट जारी नयाँ संविधान नेपालको शान्ति प्रक्रियाका लागि कोसेढुङ्गा साबित भएको बताउनुभएको छ ।

महासचिवका प्रवक्ताले न्यूयोर्कमा जारी गर्नु भएको वक्तव्यका अनुसार उहाँले प्रजातान्त्रिक, समावेशी, शान्त र समृद्ध नेपाल निर्माणका लागि लचकतापूर्वक सम्झौताको भावनाले आफ्ना मतभेदलाई समाधान गर्न पनि सबैलाई आग्रह गर्नुभएको छ ।

महासचिव वानले प्रधानमन्त्री सुशील कोइरालाले घरेलु राजनीतिक परिस्थितिमा ध्यान दिन र वार्तालाई अगाडि बढाउन संयुक्त राष्ट्रसङ्घको भ्रमण रद्द गर्नुभएको आफूले राम्ररी बुझेको बताउँदै उपप्रधानमन्त्री प्रकाशमान सिंहसँग आपसी चासोका विषयहरूमा छलफल गर्न प्रतीक्षारत रहेको पनि बताउनुभएको छ ।

प्रवक्ताका अनुसार उहाँले अहिंसा र शान्तिपूर्ण विरोधको कदरको महत्वमा पनि जोड दिनुभएको छ ।

तपाईको प्रतिक्रिया