मंगलबार, आषाढ ११, २०८१
Tuesday, June 25, 2024

काठमाडौं  – एकीकृत माओवादी पार्टीले पार्टी परित्यागको घोषणा गरेका नेता डा. बाबुराम भट्टराईलाई निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ ।

प्रवक्ता दीनानाथ शर्माद्वारा जारी विज्ञप्तिमा संविधानसभाबाट संविधान जारी भएपछि उत्पन्न असहज परिस्थितिमा भट्टराईले पार्टी त्यागको घोषणा गर्नुलाई पार्टीले गम्भीर र आश्चर्यका रुपमा लिइएको उल्लेख छ ।

‘क. बाबुराम भट्टराई समेत पदाधिकारीहरुको बैठकको निर्णयअनुसार भोलि असोज १० गते केन्द्रीय समितिको पूर्ण बैठक बोलाइएको र वर्तमान राजनीतिक परिस्थितिको सम्पूर्ण समीक्षा र अन्य विषयमा समेत के.स. बैठकमा छलफल हुने अवस्था विद्यमान हुँदाहुँदै एकाएक पार्टी परित्यागको घोषणा गर्नु अश्वभाविक विषय बनेको छ’ , विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा अध्यक्ष प्रचण्ड र नेता भट्टराईबीच समग्र परिस्थितिबारे सौहार्दपूर्ण वातावरणमा पटक पटक छलफल भएको र छलफलबाटै समस्या समाधान हुने अवस्थामा पार्टी परित्याग गर्नुलाई अस्वभाविक भनिएको छ ।

लामो समयदेखि नयाँ शक्तिको बहस चलाउँदै आएका भट्टराईले एकीकृत माओवादीको औचित्य सकिएको निष्कर्ष सहित साधारण सदस्य समेत नरहने गरी पार्टी छाडेको घोषणा गरेका थिए ।***Press

तपाईको प्रतिक्रिया