मंगलबार, आषाढ ११, २०८१
Tuesday, June 25, 2024

काठमाडौं- एमाओवादीबाट अधिकांश मधेसी नेताले राजीनामा दिएका छन् । डा. बाबुराम भट्टराईसँगै एमाओवादीमा रहेका अन्य प्रभावशाली मधेसी नेताहरुले पनि राजीनामा दिएका हुन् ।

एमाओवादीका पूर्व केन्द्रीय सदस्य रामरिझन यादवले आफूसँगै अन्य प्रभावशाली मधेसी नेताहरुले पनि प्रचण्ड नेतृत्वको एमाओवादी परित्याग गरेको बताए । यादवका अनुसार प्रभु साह, रामचन्द्र झा, रामकुमार शर्मालगायतका मधेसी नेताहरुले राजीनामा दिएका छन् ।

यादवका अनुसार आधिकारिक रुपमा राजीनामाको घोषणा केही दिनमै हुनेछ । मौखिक रुपमा आफूहरुले अध्यक्ष प्रचण्डलाई जानकारी गराइसकेका यादवले बताए ।

यादवले डा. भट्टराई असोज १२ गते जनकपुर जाने बताएका छन् ।

तपाईको प्रतिक्रिया