मंगलबार, आषाढ ११, २०८१
Tuesday, June 25, 2024

एजेन्सी– संविधानसभाको ८९ प्रतिशत मतबाट पारित संविधानलाई भारतले गरेको रुखो व्यवहारविरुद्ध पाकिस्तानमा हंगामा भएको छ । पाकिस्तानीहरुले सामाजिक सञ्जाल ट्वीटर युजर हैसटैग ‘पाकिस्तान स्ट्याण्ड्स विद नेपाल’ को माध्यमबाट भारतको हस्तक्षेपको कडा शब्दमा निन्दा गरिरहेका छन् ।

नेपालको समर्थनमा पाकिस्तानी सञ्जालमा चलाएको यो अभियानबाट भारतीयहरु समेत आश्चर्यमा परेका छन् । अहिले भारतीय मिडियाहरुमा समेत पाकिस्तानीहरुको नेपालप्रतिको समर्थन देखेर अनेक किसिमका समाचारहरु सम्प्रेषण भइरहेका छन् ।

सन्नी मोन्डा ट्वीटर हेन्डलबाट सनी मोन्डा लेख्छन्, ‘हामी पाकिस्तानीहरु संधै न्यायको पक्षमा उभिन्छौं, अन्याय मानवताका लागि खतरा हो । भारत एक चरमपन्थी देश हो । यसमा कुनै शंका छैन ।

त्यसै हबीर रजाले लेखेका छन्, ‘भारतीय हस्तक्षेप नाश होस । संप्रभु नेपाल अमर रहोस् ।’

पाकिस्तानहरुले यो मामिलामा चीनको पनि सहायता मागेका छन् । चीन पाकिस्तानको असल मित्र भएको नाताले नेपाललाई सहयोग गर्न पाकिस्तानीहरुले चीनलाई आग्रह गरेका छन् ।

ट्वीटरकी एक युजर सविनाले लेखेकी छिन्, ‘ भारतले नेपालीहरुसँग संधै खराब व्यवहार गरेको छ ।’

अर्का एक वरदा फजलले लेखेकी छिन्, ‘भारतले नेपाल, कश्मीर र पाकिस्तान नियन्त्रित सीमा हिंसा फैल्याइरहेको छ । भारतविरुद्ध संयुक्त राष्ट्र संघले कडा कदम उठाओस् ।’ ***

तपाईको प्रतिक्रिया