मंगलबार, आषाढ ११, २०८१
Tuesday, June 25, 2024

संसद सदस्यबाट पनि राजीनामा

baburam_bhattarai_200905182काठमाडौं– पूर्व प्रधानमन्त्री एवं एनेकपा माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले पार्टी परित्यागको घोषणा गर्नुभएको छ।

शनिबार दिउँसो पत्रकार सम्मेलन सम्मेलन गरेर नेता भट्टराईले एमाओवादीलाई पुरानो र भत्किसकेको घरको संज्ञा दिदै पार्टी परित्यागको घोषणा गर्नुभएको हो । यो सँगै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको लामो सहयात्रा पनि अन्त्य भएको छ।

नेता भट्टराईले पार्टी परित्याग पछिको जीवनबारे केही स्पष्ट पार्नुभएको छैन । उहाँले केही समय स्वतन्त्र नागरिकको हैसियतमा रहने बताउनुभयो । पार्टीको साधारण सदस्यसमेत नरहने गरी एमाअ‍ोवादी छाड्नुभएका नेता भट्टराईले भविष्यको योजनाबारे अहिले सोचिनसकेको बताउनुभयो ।
उहाँले व्यवस्थापिका संसदको सदस्यबाट समेत राजीनामा दिनुभएको छ । भट्टराईले सभामुखलाई राजीनामा पत्र बुझाइसकेको जानकारी दिनुभयो । ***

तपाईको प्रतिक्रिया