मंगलबार, आषाढ ११, २०८१
Tuesday, June 25, 2024

काठमाडौं– हिंसात्मक घटना भएको एक महिनापछि प्रधानमन्त्री सुशील कोइराला कैलालीको टीकापुर गएका छन् ।

कोइरालाले प्रधानमन्त्रीको हैसियतले टीकापुरको दु:ख बुझ्न टीकापुर आएको बताएका छन् । शनिबार बिहान ११ बजेतिर टीकापुर पुगेका प्रधानमन्त्री कोइरालाले स्थानीयसँगको छलफलमा भदौ ७ गते भएको घटनाले सामुदायिक दुर्भावना फैलाउने काम भएकोले आपसी मेलमिलापको वातावरण बनाएर सदभाव फैलाउन आग्रह गरे ।

प्रधानमन्त्री कोइरालाले पार्टीका सभासद अमरेश सिंह लगायतका नेताले सामुदायिक दुर्भावना फैलाएको सूचना पाएकाले उनीहरुलाई कारबाही गर्ने बताए ।

कोइरालासँग टीकापुर घटनामा मारिएका बालकका परिवारले बाल शहीद घोषणा गर्न माग गरे ।

तपाईको प्रतिक्रिया