मंगलबार, आषाढ ११, २०८१
Tuesday, June 25, 2024

काठमाडौं– नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले असन्तुष्ट दललाई आन्दोलन छाडेर वार्तामा आउन आह्वान गरेका छन् ।

पार्टी मुख्यालय सानेपामा वर्तमान संविधानबाट क–कसले के–के पाएका छन बिषयक अभिमुखिकरण तालिमको शनिबार उद्घाटन गर्दै उनले वार्ताको विकल्प नभएकोमा जोड दिए ।

संविधान संशोधन मार्फत सबैका माग सम्बोधन गर्न सकीने भन्दै उनले आन्दोलन स्थिगित गरेर वार्तामा बस्न आग्रह गरे । नेपालको संविधान विश्वकै उत्कृष्ट र समावेशी भएको भन्दै देउवाले चित्त नबुझेका कुरा आपसी समझदारी र मेलमिलापको माध्यमबाट हल गर्न सकिने बताए ।

उनले बिभिन्न नाकामा आन्दोलनकारी धर्ना बसेर मुलुकमा असहज स्थिति श्रृजना गरेकोमा आपत्ती जनाए । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले समस्यालाई कुटनीतिक स्तरबाट समाधानको खोजि भईरहेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया