मंगलबार, आषाढ ११, २०८१
Tuesday, June 25, 2024

‘जातीय हिंसा’ नभड्काउन सुझाव

काठमाडौं- राष्ट्रपति डाक्टर रामवरण यादवसँग आन्दोलनरत तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले भेटवार्ता गरेका छन् ।

राष्ट्रपतिसँग भेट गर्न शितल निवास पुगेका तमलोपाका अध्यक्ष ठाकुरलाई राष्ट्रपति डाक्टर यादवले तराईमा सामाजिक सद्भाव र जातिय हिंसा भड्किन सक्नेतर्फ सचेत बन्न आग्रह गरेका थिए ।

भेटमा राष्ट्रपतिले संविधान जारी भइसकेको अवस्थामा आफ्ना माग समेट्ने गरी संवादमा फर्कन ठाकुरलाई आग्रह गरेको बताइएको छ ।

उनले हिंस्रक आन्दोलन नगर्न र वार्ताका लागि पहल गर्नसमेत सुझाव दिएका थिए । जवाफमा ठाकुरले मोर्चाका अन्य नेताहरुसँग कुरा राख्ने बताएका थिए ।

तपाईको प्रतिक्रिया