मंगलबार, आषाढ ११, २०८१
Tuesday, June 25, 2024

काठमाडौं– एमाले बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले असोज दोस्रो साभित्र एमाले नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् ।

काठमाडौंमा पत्रकारहरुसित कुरा गर्दै खनालले संसदको अधिवेशन सुरु भएको एक साताभित्र अर्थात् असोज २२ गतेभित्र नेकपा एमालेको नेतृत्वमा सहमतिको सरकार बन्ने दाबी गरे । उनले त्यसको विषयमा गृहकार्य सुरु भइसकेको बताए ।

खनालले एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बन्छ कि बन्दै भन्ने प्रश्नमा पत्रकारसित भने,‘ केपी ओलीको बारेमा चर्चा छ । यसमा शंका गर्नु पर्दैन ।’ यद्यपि उनले अहिले नेतृत्वको विषयमा पार्टीले निर्णय भने गरिनसकेको र आवश्यक पर्दा तत्काल निर्णय गर्ने बताए ।

तपाईको प्रतिक्रिया