मंगलबार, आषाढ ११, २०८१
Tuesday, June 25, 2024

सप्तरी- सप्तरी प्रशासनले घोषणा गरेको दङ्गाग्रस्त क्षेत्र आज बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्मका लागि हटाएको छ ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले दिनुभएको जानकारीअनुसार सप्तरी जिल्लाको पूर्व–पश्चिम राजमार्गको कोसी ब्यारेजदेखि लहानको बलान खोलासम्मका जनजीवन विस्तारै सहज बन्दै गएपछि दङ्गाग्रस्त क्षेत्र हटाएको बताउनुभयो ।

उहाँले बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म प्रत्येक दिनका लागि मात्र दङ्गाग्रस्त क्षेत्र हटाएको र साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म राजमार्ग क्षेत्रमा दङ्गाग्रस्त यथावत् रहने र आवश्यक परेको बेला पुनः सो क्षेत्रमा दङ्गाग्रस्त क्षेत्र कायम गर्न सकिने जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया