मंगलबार, आषाढ ११, २०८१
Tuesday, June 25, 2024

जाजरकोट- रेबिज लागेका व्यक्तिलाई धामीझाँक्रीद्वारा झारझुक गराउँदा जाजरकोटमा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको ढिमे गाविस–५ खुर्पाका २३ वर्षीय कर्णबहादुर वादीको आज बिहान ४ बजे जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

साउन महिनामा बहुलाएको कुकुरले वादीलाई टोकेको थियो । कुकुरले टोकेपछि रेबिजविरुद्धको सुई लगाउन छाडेर घरेलु जडीबुटी र धामीझाँक्रीलाई देखाएर झारफुक गर्दा उनको मृत्यु भएको जिल्ला अस्पतालका चिकित्सक बोम विसीले जानकारी दिनुभयो ।

उनलाई शुक्रबार मात्र अस्पतालमा ल्याइएको थियो ।

तपाईको प्रतिक्रिया