मंगलबार, आषाढ ११, २०८१
Tuesday, June 25, 2024

काठमाडौं- नेपाल आएलगत्तै भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले भेटघाट तीब्र पारेका छन् ।

मुलुकको पछिल्लो राजनीतिक अवस्था र भारतीय उच्च अधिकारीसँग भएको छलफलका विषयमा उपाध्यायले राष्ट्रपति डा रामवरण यादवसहितलाई भेट गरेका छन् ।

राजदूत उपाध्यायले प्रधानमन्त्री सुशील कोइरालासँग भेट गरी सङ्घीय प्रदेशको सीमा निर्धारण र संविधानसभाबाट संविधान जारी भएसँगै तराई-मधेसमा जारी आन्दोलन र त्यसको प्रभावबारे नयाँदिल्लीमा भएका छलफलका विषयमा जानकारी गराए ।

राजदूत उपाध्यायले कार्यवाहक परराष्ट्र मन्त्री खगराज अधिकारी, मधेस केन्द्रित दलका नेताहरु र नेपाल लागि भारतीय राजदूत रणजित रायसँग पनि भेटवार्ता गरेका थिए ।

तपाईको प्रतिक्रिया