Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

स्वच्छ र निश्पक्ष निर्वाचन भएको उम्मेदवारहरुको स्पष्टोक्ति

NRN Logo Jpnटोकियो – एनआरएन जापानको आगामी नेतृत्वका लागि आज जापानमा निर्वाचन सम्पन्न भएको छ ।  एनआरएन जापानको १२ वटै क्षेत्रमा प्रत्यक्ष मतदान भएको हो ।
सबै क्षेत्रहरुमा शान्ति र सौहाद्रपूर्ण वातावरणमा मतदान सम्पन्न भएको निर्वाचन कमिटीले जनाएको छ । कान्तो क्षेत्रमा २ हजार २ सय ६२ मतदाता रहेकोमा १ हजार १ सय ९२ मत खसेको निर्वाचन कमिटीका संयोजक डा. नेत्रप्रकाश भण्डारीले समुद्रपारिलाई बताउनुभयो ।

मतदान बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन भएको थियो । मतगणना भने आउँदो ९ तारिख बुधबार सबै क्षेत्रको मतपेटिका संकलन गरी गरिने भएको छ । निर्वाचनमा अध्यक्षका लागि सुदन थापा, नरबहादुर थापा र चिरञ्जिवी थापाबीच तिब्र प्रतिस्पर्धा हुने आंकलन गरिएको छ । यसैगरी उपाध्यक्षमा देवीलाल भण्डारी, तासी लामा, टंकप्रसाद गैरे, संगिता अधिकारी र ऋद्धिन्द्र गिरी चुनावी मैदानमा उत्रिएका छन् भने महासचिवमा सरोज खत्री र अनुज थापाबिच तिब्र प्रतिस्पर्धा हुने आंकलन गरिएको छ ।

अध्यक्षका उम्मेदवारहरु थापात्रयले नै निर्वाचनको नतिजा आफ्नो पक्षमा आउने दावी गरेका छन् ।समुद्रपारिसंग छोटो कुरा गर्दै उम्मेदवार चिरञ्जिवी थापाले एनआरएन जापानको शुद्धिकरणका लागि आफुले उम्मेदवारी दिएको बताउनुभयो । बिगतको दुई वर्ष एनआरएन जापान र मतदाताकाबीच रहेको खाडललाई मेटाउन जापानबासी नेपालीहरुले आफ्नो नेतृत्व चाहेकाले निर्वाचनको परिणाम आफ्नो पक्षमा आउनेमा ढुक्क रहेको उहाँले बताउनुभयो । निर्वाचन स्वच्छ र सौहाद्रपूर्ण वातावरणमा सम्पन्न भएको उहाँको टिप्पणी थियो ।

निर्वाचन सोचेको भन्दा राम्रो भएको टिप्पणी गर्दै अध्यक्षका अर्का प्रत्याशी नरबहादुर थापाले मतदाता नामावलीमा धेरै जनाको नाम छुटेकोमा क्षमायाचना गर्नुभयो । भविष्यमा यस्ता त्रुटीहरु दोहोरिन नदिन सचेत हुनुपर्ने उहाँको धारणा थियो । मतदानमा आफ्ना शुभेच्छुकहरुको उत्साहजनक सहभागितालाई हेर्दा निश्पक्ष ढंगले मतगणना भयो भने बिजय सुनिश्चित रहेको उहाँले बताउनुभयो । सहमतिका लागि घनिभूत प्रयास गरिए पनि सफल हुन नसके पछि भएको निर्वाचन प्रक्रियाबाट जापानबासी नेपालीहरुले मताधिकारको उपयोग गर्ने अवसर पाएको उहाँको धारणा थियो । यसैगरी समुद्रपारिसंग छोटो कुरा गर्दै अध्यक्षका अर्का उम्मेदवार सुदन थापाले चुनावी माहौल हेर्दा जापानमा बस्ने नेपालीहरुको एनआरएनप्रतिको आकर्षण बढेको टीप्पणी गर्नुभयो । भविष्यमा सच्याउनैपर्ने केही कमीकमजोरीका बाबजुद निर्वाचन कमिटीले स्वच्छ र सौहाद्रपूर्ण वातावरणमा मतदान सम्पन्न गराएको बताउँदै उहाँले नतिजा आफ्नो पक्षमा आउनेमा बिश्वस्त रहेको बताउनुभयो । यद्यपि निर्वाचनबाट आउने परिणामबाट आफु जिम्मेवारीमा आए पनि नआएपनि अभियानलाई साथ दिने उहाँको धारणा थियो ।

सबैभन्दा धेरै मतदाता रहेको कान्तो क्षेत्रमा अपेक्षित मत खसेन । उसो त मतदाता नामावलीमा आफ्नो नाम छुटेको गुनासो गर्नेहरुको संख्या अधिक पाईयो । यसबारे जिज्ञासा राख्दा निर्वाचन कमिटीका सदस्य सोनाम शेर्पाले तत्कालिन कार्यसमितिले उपलब्ध गराएको नामावली अनुसार आफुहरुले कार्यसम्पादन गरेको प्रतिक्रिया दिनुभयो । समग्रमा निर्वाचन कमिटीले सौहाद्रपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराएको उपस्थित सहभागीहरुले प्रतिक्रिया दिए । यद्यपि मतदाता नामावलीमा भने कतिपयको  छुटेको र कतिपयको दोहोरो परेको समस्या कान्तो क्षेत्रमा निकै पाईएको थियो । मतदानका लागि आएका सयौं मतदाताहरु नाम छुटेका कारण मतदान नै गर्न नपाई फर्केको कोषाध्यक्षका उम्मेदवार प्रेम कँडेलले बताउनुभयो । एक हजार येन तिरेर एनआरएनको सदस्यता फाराम भरेका तर नामावली छुटेका कारण मतदान गर्न नपाएकाहरुले तिब्र आक्रोश पोखेका थिए  । उनीहरुले आफुले तिरेको हजार येन तुरुन्त फिर्ता पाउनुपर्ने र मतदाता नामावलीमा नाम छुटाइनुको कारण प्रष्ट पारिनुपर्ने भन्दै आक्रोश ब्यक्त गरेका थिए ।***
35181014
468911121315161719202122232

तपाईको प्रतिक्रिया