Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

आजको अवस्थासम्म आउन सहयोग गर्ने सम्बन्धित सबैमा धन्यवाद


Sp Banner New
टोकियो – जापानको राजधानी टोकियोमा प्रधान कार्यालय रहेको जिएमटी इन्टर्नेशनल कम्पनी लिमिटेडको अनलाईन प्रकाशन समुद्रपारि डट कमको सूचनाको यात्राले आजका दिनदेखि ९ वर्ष पूरा गरी १० वर्षमा लागेको छ ।
यस अवसरमा समुद्रपारि टिमले जापान लगायत बिश्वभरि छरिएर रहनुभएका सम्पूर्ण पाठक, शुभचिन्तक, विज्ञापनदाता, लेखक र सहयोगी सबैमा हार्दिक धन्यवाद तथा कृतज्ञता ब्यक्त गरेको छ ।

कम्पनीका अध्यक्ष एवं प्रधानसम्पादक तिलक मल्लले एक विज्ञप्ती प्रकाशित गरी समुद्रपारि डट कमलाई आजको अवस्थासम्म ल्याउन सहयोग गर्नुहुने देशविदेशमा रहनुभएका सम्बन्धित सबैमा धन्यवाद ब्यक्त गर्नुभएको छ ।

‘अत्यन्तै कठिन परिस्थितिमा थालनी गरिएको सूचनाको सेवा प्रवाह गर्ने हाम्रो अभियानले एक दशकको यात्रा चुमेको छ, यस अवधिमा सिकेका र भोगेका अनुभवले हामीलाई थप जिम्मेवार र ऊर्जाशील बनाएको महशुस गरेका छौं – IMG_3255विज्ञप्तीमा भनिएको छ – ‘आजको यस पुनित अवसरमा परिवर्तित समय र पाठकको चाहनाअनुसार सत्यतथ्य, ताजा, सूचनामुलक एवं ज्ञानबर्द्धक र थप खोजमुलक समाचार तथा सामाग्री संप्रेषण गर्दै जाने प्रतिबद्धता पुनः दोहोर्‍याउन चाहान्छौं ।’

सूचना र प्रविधिको सुविधासंगै सशक्त बन्दै गईरहेको अनलाईन मिडिया र डायस्पोरिक पत्रकारिताले परदेशका नेपालीहरुलाई घरदेशसंग जोड्ने कार्यमा महत्वपूर्ण भूमिका खेल्दै आईरहेका छन् । जसअनुसार आफ़्नो राष्ट्र, राष्ट्रियता, भाषा, साहित्य, कला, संस्कृति र अपनत्वको सँधै गोडमेल र मलजलमा हामी निरन्तर लागिपर्दै आईरहेका छौं भने, जस्तोसुकै आँधी हुरी आए पनि लोकतन्त्र, प्रेस स्वतन्त्रता, नागरिकका सूचनाको हक र नेपाली एकताको पक्षमा अडिग भएर उभिदैं आईरहेका छौं र उभिईनै रहने छौं – विज्ञप्तीमा भनिएको छ ।

प्रवासमा ब्यवसायिक पत्रकारिता अत्यन्त चुनौतीपूर्ण कार्य हो । जापानभूमिमा नेपालीको बढ्दो संख्यालाई आंकलन गर्दै छिटो, छरितो र भरपर्दो सूचना प्रवाह गर्ने उद्देश्यका साथ सन् २००६ को जुन महिनादेखि समुद्रपारि डट कम सुरु भएको हो । नेपाल पत्रकार महासंघका तत्कालिन अध्यक्ष विष्णु निष्ठुरीले टोकियोमा आयोजित एक समारोहका बीच समुद्रपारिको उदघाटन गर्नुभएको थियो । त्यस यता विभिन्न आरोह अवरोहहरु पार गर्दै समुद्रपारिले आज स्वदेश लगायत बिश्वभरिकै नेपालीहरुको माया पाउन सफल भएको छ । जसले गर्दा अगाडिको यात्रा तय गर्न हामीलाई थप हौसला मिलेको छ – विज्ञप्तीमा उल्लेख छ ।

सन् १९९९ को फेब्रुअरीदेखि प्रकाशन हुँदै आएको जापानमा एक मात्र नेपाली भाषाको पत्रिका नेपाली समाचार, समुद्रपारि डट कम र गत वर्ष २०१४ को डिसेम्वरदेखि अनलाईन रेडियो समुद्रपारि जिएमटी इन्टर्नेशनल कम्पनीका प्रकाशनहरु हुन् । प्रधानसम्पादक मल्ल नेपाल पत्रकार महासंघ जापानका अध्यक्षसमेत हुनुहुन्छ ।

जापानको टोकियोमा प्रधान कार्यालय रहेको सो कम्पनीको अल थ्रि मिडिया हाउससंगको सहकार्यमा राजधानी काठमाडौंमा नेपाल ब्यूरोको स्थापना गरिएको छ । टोकियोबाट प्रकाशित हुने जापानको नेपाली समुदायमा लोकप्रिय पत्रिका नेपाली समाचार जापानभरि नै वितरण हुँदै आएको छ भने अनलाईन रेडियो समुद्रपारि हरेक दिन साँझ दिनभरिको समसामयिक समाचार संगालोकारुपमा प्रसारण हुँदै आईरहेको छ । ****
1 2 3 4 5 6 7 8 11 12 13 14 15 16 17 18 19 21 22 23 24IMG_3243
IMG_3151IMG_3153IMG_3155IMG_3156IMG_3161IMG_3166IMG_3169IMG_3170IMG_3171IMG_3177IMG_3179IMG_3201IMG_3202IMG_3254IMG_3257IMG_3270IMG_3272IMG_3320IMG_3385IMG_3386IMG_3388IMG_3389

तपाईको प्रतिक्रिया