Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं– रौतहटको गौर–चन्द्रनिगाहपुर सडकखण्डअन्तर्गत वीरेन्द्र राजमार्गमा शनिबार राति एम्बुलेन्स र ट्रक ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ।

वीरगन्जबाट नवजात शिशुसहित सुत्केरीलाई उनको घर सुखअवा धमौरा गाविस– ९ मा लाने क्रममा चन्द्रपुर नगरपालिका–१३ स्थित राजमार्गमा एम्बुलेन्स र गौरबाट चन्द्रनिगाहपुर आउँदै गरेको ना२ख ९८९८ नंको ट्रक जुध्दा एम्बुलेन्स चालक तथा सुत्केरी र शिशुको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

एम्बुलेन्स चालक चन्द्रपुर नगरपालिका बस्ने सुरेश विश्वकर्माको घटनास्थलमा नै तथा उपचारका क्रममासुत्केरी हमिबुल खातुन र शिशुको मृत्यु भएको हो। घाइते समुद्र विश्वकर्मा र रोक्सना खातुनको वीरगन्जमा उपचार भइरहेको छ भने ट्रक चालक फरार भएका छन्।

तपाईको प्रतिक्रिया