Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं- भूकम्प र त्यसपछिका परकम्पबाट आइपरेको संकटमा देशको कल्याणका लागि भन्दै राप्रपा नेपालले आइतबार बिहान बृहत शान्ति महायज्ञ आयोजना गरेको छ।

पशुपतिनाथ नजिकै वनकालीमा बिहान साढे ८ बजे महायज्ञ सुरु भएको हो । सहप्रवक्ता मोहन श्रेष्ठका अनुसार महायज्ञमा १०८ ब्राम्हण, १०८ लामागुरु र ११ जना किराँत धर्मगुरुद्वारा श्रीमदभागवत पाठ, वेदपाठ, लघुरुद्री, चण्डीपाठ, नवग्रहपुजन, सवालाख महामृतुञ्जय मन्त्र पाठ गरिएको छ ।

आइतबार नै पौने तीन करोड दीप प्रज्वलन गरी भूकम्पबाट मृत्यु भएकाहरुको आत्माको मोक्ष प्राप्ति तथा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना सहित देश र देशवासीको समृद्धि र समुन्नतिका लागि सामूहिक प्रार्थना समेत गरिने श्रेष्ठले जानकारी दिए।

महायज्ञको प्रमुखकर्ता राप्रपा नेपालका अध्यक्ष कमल थापा छन्।

तपाईको प्रतिक्रिया